सहिद स्मृति युवा क्लब परिबर्तन २ राङसी रोल्पाको १५औ बार्षिकउत्सब समारोह उद्घाटन

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ शहिद स्मृति युवा क्लबले आफ्नो १५औं वार्षिकोत्सब समारोहको अवसरमा पाँचपुन्नी मेला तथा विविध खेलकुद कार्यक्रमको उद्घाटन गरिएको छ ।

विविध खेलकुद कार्यक्रमको आयोजना गरिएको छ । वार्षिकोत्सब कार्तिक १ गतेदेखि ४ गतेसम्म आयोजना गरिएको छ । बिहीबार परिवर्तन गाउँपालिका २ राङ्सीको पाँचपुन्नी खेलकुद मैदानमा औपचारिक कार्यक्रमको बीच उद्घाटन गरिएको हो ।

शहिद स्मृति युवा क्लबका अध्यक्ष झक्कु प्रसाद घर्ती मगरको अध्यक्षमा भएको उद्घाटन कार्यक्रमको प्रतिनिधि सभा सदस्य तथा निवर्तमान अर्थ मन्त्री बर्षमान पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

पूर्व सभामुख ओनसरी घर्ती मगर,पूर्व स्वास्थ्य मन्त्री जयपुरी घर्ती मगर, लुम्बिनी प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन र जिल्ला समन्वय समिति रोल्पाका निवर्तमान प्रमुख राज बहादुर बुढा मगरको विशिष्ट आतिथ्यता रहेको थियोे।

परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर,उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगर,सम्पूर्ण जनप्रतिनिधि,विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी बुद्धिजीवी, व्यापारी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी, खेलाडी, स्वास्थ्यकर्मी, टोल विकास संस्था, आमा समुह, युवा समूह, पैसरू नाच समुह, अन्य झाँकी समूह लगायतको सहभागी तथा आतिथ्यता रहेको थियो । शहिद स्मृति युवा क्लबका उपाध्यक्ष गणेश बाँठा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा निवर्तमान अर्थ मन्त्री बर्षमान पुनले केही बिचुलीयाका कारण सरकार ढलेको बताउनु भएको छ ।

शहिद स्मृति युवा क्लबको १५ औं वार्षिकोत्सब समारोह कार्यक्रमलाई प्रमुख अतिथीको रूपमा सम्बोधन गर्दै पुनले नयाँ सरकार गठन भएको अहिले तीन महिना पुग्दा समेत सुशासन कायम गर्न नसकेको र जनतामा निराशा मात्र उत्पन्न भएको बताउनु भएको छ ।
साथै पुनले राजतन्त्र हुँदा सात हजार किलोमिटर,बहुदलीय संसदीय व्यवस्था हुँदा अठार हजार किलोमीटर र संघीय लोकतन्त्र गणतन्त्र सम्म आउँदा एक लाख किलोमीटर सडक निर्माण भएको बताउनु भएको छ । अहिले पनि धनी र गरीब ठूलो खाडल रहेको बताउदै, नेपालमा कोही धनाध्य रहेको र गरीब गरीब नै रहेको बताउनु भएको छ । अहिले युवाहरु रोजगारीको लागि अमेरिका, युरोप, खाडी मुलुक पुगेको समेत दाबी गर्नु भएको छ ।

गाउँमा बाल विबाह हुने भएकोले बाल विबाह गीत,कोइला बासबाट नुन बोकेर लिएको दुखको गीत र उतिबेला के भएको थियोे र अहिले के भएको छ भनेर विकासको गीत गाउँन समेत पुनले आग्रह गर्नु भएको छ ।

पूर्व स्वास्थ्य मन्त्री जयपुरी घर्ती मगरले आफू जन्मेको हुर्केको गाउँ भएको र यहाँको आतो पिठो खाएर मन्त्री सम्म पुगेको बताउनु भएको छ । पाँचपुन्नी मेला एउटा मित्रताको पर्व भएको बताउदै,नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा पुगेको र विकासले तीब्र गति लिएको बताउनु भएको छ ।

गाउँ ठाउँको विकासमा सबै राजनीतिक नेतृत्व एक ठाउँमा आउनुपर्ने बताउदै,घर्तीले राजनीतिक आस्था,विचारको हिसाबले जो जहाँ भएपनि आफ्नो गाउँ ठाउँको लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान दिपेन्द्र कुमार पुनले विजयी र पराजयको रूपमा भन्दा पनि मित्रताबद्ध रूपमा लिनुपर्ने बताउनु भएको छ ।

आज यो कार्यक्रममा प्रमुख अतिथी लिउने भनेर बर्षमान पुनलाई धेरै पटक भनेरको र आज युवा क्लब सफल भएको बताउनु भएको छ। विकास सँगै खेलकुदको विकास सँग सँगै भएको परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले बताउनु भएको छ ।

तपाईं हामीले एउटा संकलन गर्नुपर्छ मैले बारम्बार भन्दै आएको कुरा हो,शिक्षा कसरी गुणस्तरीय बनाउने भन्ने हाम्रो संकलन भएको बताउनु भएको छ। कक्षा(५ र कक्षा(८ को परिक्षालाई गाउँपालिका स्तरीय परिक्षा सञ्चालन गरेर गुणस्तरीय अभ्यास गरेको बताउनु भएको छ ।

वार्षिकोत्सब समारोहमा खुल्ला पुरुष तथा महिला भलिबल,साइलाबरै भाका गीत खुल्ला,लोक दोहोरी खुल्ला,आमा समूह सामुहिक नृत्य टोल विकास स्तरीय,पैसरु नाच टोल विकास स्तरीय,एकल नृत्य खुल्ला,पुरुष तथा महिला रस्सा कस्सी टोल विकास स्तरीय,सामूहिक नृत्य र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ ।

कार्यक्रमको सञ्चालन शहिद स्मृति युवा क्लबका सचिव यज्ञ बहादुर घर्ती मगरले गर्नु भएको थियो । उद्घाटन समारोह कार्यक्रमको अडिओ तथा भिडिओ प्रशारण गरेको रेडियो मालाश्री रेडियो माडी आवाज र कुरेली खबर परिवर्तन खबर लगायत बाट प्रशारन गरिएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस