
परिवर्तन गाउँपालिकाको आयोजनामा आज मिति २०८१/०६/२२ गतेका दिन परिवर्तन गापा को ०८१/८२ को नीति तथा कार्यक्रम र बजेट को निर्धारण अनुसार गण्डकी बिश्व बिधालय पोखरा मा रहेको राष्ट्रिय आबिष्कार केन्द्र को सहयोग मा स्थापन भएको टेर्डिसनल रक्सी पिर्ज्रभेसन आर एन्ड डि (R and D) soacity नेपाल को सहजीकरण मा आजको कार्यक्रम सम्पन्न भयो ।
परिवर्तन गा पा का अध्यक्ष श्री सुक बहादुर बुढाको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा माडी गा पा अध्यक्ष श्री अमरसिंह घर्ती मगर रहनु भएको थियो भने बिशिस्ट अतिथीमा परिवर्तन गा पा उपाध्यक्ष कलादेबी खत्रीनि निबर्तमान उपाध्यक्ष हितकुमारी बुढा रहनु भएको थियो कार्यक्रम मा विभिन्न पार्टी वा राजनीतिक दल का प्रमुख तथा प्रतिनिधि वडा का वडा अध्यक्ष ज्युहरु कार्यपालिका सदस्यहरु उद्योग ब्यापार ब्यबसायी हरु पत्रकार लगायत को उपस्थिति रहेको थियो ।
कार्यक्रम को प्रशिक्षक को रूपमा आउनु भएको अमरसिंह पुन मगर ले प्रशिक्षन दिदै रक्सी बनाउने तरिका कसरी बनाउने पहिले कसरी बनाउने गर्थे अहिले कसरी बन्ने गर्छ भन्ने बिषय लगायत का कुरा सिकाउनु भएको थियो भने कार्यक्रम मा पुर्ब उद्योग बाणिज्य सङघ का अध्यक्ष बिश्व कुमार चन्द ले बोल्दै अर्गानिक रक्सी को लागि रैथाने बालीलाई जोड दिनु पर्छ उत्पादन मा जोड दिनुपर्छ भन्ने बिषय लगायत का कुराहरु बोल्नु भएको थियो सङसङगै दशै तिहार र छठ को पनि सबैमा सुभकामना बादनु भएको थियो ।
निबर्तमान उपाध्यक्ष हितकुमारी बुढा मगर ले बोल्दै मदिरा सम्बन्धि निति नियम लिउने गा पा ले अहिले नौलो काम समेत गरेको बताउनु भयो त्यसै गरि उहाँ ले यो एउटा आय आर्जन को बाटो समेत रहेको बताउनु भएको थियो मदिरा सम्बन्धि कानुन पनि रहेको २०२३ ऐन को १८ मा उल्लेख भएको छ र अहिले सम्म यो ३ पटक संसोधन भएको छ अन्तिम संसोधन २०७५ रहेको छ भन्ने कुरा हरु राखनु भएको थियो ।त्यसै गरि माडी गा पा का अध्यक्ष तथा आज का प्रमुख अतिथि अमरसिंह घर्ती मगर ले उहाँ ले गरेका काम कार्बाही को बारे उहाँ ले पनि गर्न खोजे को बिषय को बारे लगायत का कुरा माडी गा पा अलि बदि सुन्तला हुने भएकाले त्यस बाट केही गर्न सकिने बिषय मा कुराकानी र अब मादी र परिवर्तन ले अब एक ढङ्गले अगाडी बढने र सरसल्लाह बमोजिम अगाडि बढने भन्ने कुरा र यो मदिरा सम्बन्धि को कुरा लाई २ पालिका मिलि साझेदारी मा काम हल्का फुल्का ढङ्गले अगाडी बदाउनु पर्छ भन्ने जस्ता कुरा हरु राख्नु भएको थियो ।
परिवर्तन गा पा अध्यक्ष ले हामीले परिवर्तन लाई साच्चिकै परिवर्तन गर्नको लागि अगाडी बदेको र सबै जना ले यसरि नै अगाडी बढने र अब उत्पादनमा जोड दिने र अर्गानिक रक्सी तयार गर्ने आय आर्जन बढाउने भन्ने बिषय का जस्ता कुरा राख्नु भएको थियो र आजको कार्यक्रम को समापन भएको घोषणा गर्नु भएको थियो भने सबैलाई परिवर्तन गा पा को तर्फबाट वडा दशै सुभ दिपावली र छठ पर्व को पाबन अबसरमा सुभकामना आदान प्रदान गर्नु भएको थियो र आजको कार्यक्रम को संचालन परिवर्तन गा पा स्वास्थ शाखा प्रमुख वा निमित्त प्रमुख प्रशाककिय श्री दिपक घर्ती मगर ले गर्नु भएको थियो ।