४५ औ बिश्व पर्यटन दिबस घोराही दाङमा सम्पन्न लोप हुन लागेका कला प्रदर्सन

पर्यटन ,न्याय र शान्ति भन्ने मुल नारा का साथ आज मिति २०८१/०६/११ गतेका लुम्बिनी प्रदेश सरकार उधोग पर्यटन तथा यातायात मन्त्रालय को आयोजना र घोराही उ प महा नगरपालिका को सह आयोजना मा दाङ को घोराही मा सभाहल मा यो कार्यक्रम सम्पन्न गरियो ।

लुम्बिनी प्रदेश उधोग पर्यटन तथा यातायात मन्त्री माननीय श्री प्रचण्ड बिक्रम न्यौपाने को सभा अध्यक्षता बाट सुरु भएको कार्यक्रम प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मुख्यमन्त्री माननीय चेतनारायन आचार्य बिशिस्ट अतिथिमा लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिचाइ मन्त्री सीता शर्मा आचार्य ,घोराही उ प मा नगरको प्रमुख नरुलाल चौधरी उपप्रमुख हुमा कुमारी डि सि लगायत सबै वडाका वडा अध्यक्ष हरु राजनीति दल का प्रमुख प्रतिनिधि पत्रकार कलाकार सुरक्षाकर्मी स्वास्थकर्मी लगायत को उपस्थिति रहेको थियो भने कार्यक्रम मा विभिन्न ठाउँ देखि आफ्नो परम्परागत देखि चली आएको नाच नृत्य हरु ल्याएका थिए र खानाका परिकार र परम्परागत सामाग्री प्रदशन गरिएका थिए भने विभिन्न जातजाति भाषा सस्कृत रहनसहन लवाइ खवाइ को प्रदशन गरिएको थियो भने यस् कार्यक्रममा अत्यन्तै भन्दा अत्यन्तै फरक ढंग का नृत्य हरु जस्तै भुमे नाच, सोरठी नाच ,साख्या नाच लाखे नाच ,पाल्पा देखी आएको कौडा नाच कटघोदा नाच लगाएत का लोप हुन लागेका नाच हरुको प्रदशन भएको थियो।

कम्तिमा ४०० को संख्या मा दर्शक को सहभागी रहेको थियो विभिन्न ठाउँका पर्यटकिय स्थल हरुको र लुम्बिनी प्रदेश का १२ जिल्ला का पोस्टर टासी कार्यक्रम को उदघाटन गरिएको थियो कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि सीता आचार्य बोल्दै सस्कृती र पर्यटन ले नै हाम्रो देश लाई चिनाएको छ भन्नू भएको थियो उहाले देशमा रहेका सास्कृतिक संरक्षन गर्ने परम्परागत रितिरिवाज बचाउन का लागि जोड दिनेछौ र दिनु पर्छ भनी भन्नू भएको थियो भने प्रमुख अतिथि लुम्बिनी प्रदेश मुख्यमन्त्री माननीय चेतनारा,आचार्य बोल्दै पर्यटन प्रबधन मा बिकास गर्नु पर्छ लुम्बिनी एउटा नेपाल अधिराज्य भर मा मात्र नभइ बिश्व का शान्ति का दुध गौतम बुद्ध को जन्म स्थान लुम्बिनी सोर्गदवारी मन्दिर प्युठान सुपादेउराली अर्घाखाँची रोल्पा को जलजला थबाङ गाउँ रुकुम को सिस्ने हिमाल कमल दह दाङ को धारपानी ब्राहकुने ज्यामिरे लगायत बाके राष्ट्रिय निकुञ्ज लगायत को बारेमा परिचर्चा गर्नु भएकी थियो भने उहाले यी ठाउँ हरुलाइ पर्यटन प्रबर्द्धन बनाउनु पर्छ र आर्थिक उपलब्धि गराइ लुम्बिनी प्रदेश लाई अग्रता मा लिउनु पर्छ भनी भन्नू भएको थियो ।

आजका सभापति प्रचण्ड बिक्रम न्यौपानेले पनि हामी प्रमुख अतिथिले भने झै हामी त्यसै गरि नै आगामी दिनमा अगाडी बद्नु पर्छ र पर्यटन प्रबर्द्धनमा जोड दिइ आर्थिक उपलब्धि बढाउन पर्छ अनि हामी अगाडी बदन सकिन्छ र बिदेशी पर्यटन भित्र्याउन पर्छ र आर्थिक भित्र्याउन पर्छ भनी भन्नू भाको थियो बाहिर बाट आउने पर्यटक मध्य ४०% पर्यटक पोखरामा आउने गर्छन् र 60 % मात्र नेपाल भर जान्छन् भनी भन्नु भएको थियो ।

यो कार्यक्रम विभिन्न सङघ सस्था र विभिन्न ठाउँ बाट शिक्षक बुद्धिजीवी कर्मचारी पत्रकार कलाकार अन्य दर्शक लगायत को उपस्तिथि रहेको थियो भने सबै उपसमिति द्वारा कार्यक्रम सभ्य र भब्य भएको थियो भने विभिन्न पुस्तक हरु पनि बितरन भइ रहेको थियो भने यस् कार्यक्रम को निर्णायक मण्डल हरुको निर्णय बमोजिम भुमे नाच लाई प्रथम स्थान दिएको थियो र अन्य सबै समूह लाई उचित पुरस्कार को ब्यबस्था र प्रमाणपत्रको समेत ब्यबस्था गरिएको थियो ,भने यश कार्यक्रम को संचालन कार्यक्रमका सदस्य सचीव सुदिब गौतमले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस