रोल्पाको रुन्टिगढी गाउँपालिका अध्यक्ष एवम् नेपाली काग्रेंस रुन्टिगढी पार्टी सभापति जनक पुनलाई मातृ शोक परेको छ ।
विगत लामो समय देखि काठमाडौं स्थित के एम सी हस्पिटलमा आमाको उपचार गराउदै आएका थिए । २०१८ साल बैशाख ५ गते जन्मनुभएकी ६३ बर्षिया तिलसरा पुनको हिजो बिहान करिव ७ बजे मृत्यु भएको हो ।
उहाँको १ बर्ष अघि पथरीको सफल अप्रेसन भएको थियो । पथरीको अप्रेसनपछि दोस्रोपटक कलिलोको अप्रेसन गर्ने तयारीमा रहेको तर उहाँको उपचारको क्रममै मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
आमाको मृत्यु पछि अध्यक्ष पुनले सबै प्रयास गर्दापनी बचाउन सकिएन , मृत्यु निश्चित छ शाश्वत सत्य हो , तर जिवनका थुप्रै बर्ष बाकी थियो छोडेर जानुभयो , हजुरको मायाको कहियौ बर्ष अपेक्षा थियो । मृत्युपछि पनि स्वर्गमा संसार छ भनिन्छ , स्वर्गमा हजुरको बास होस भन्दै सामाजिक संजालमा व्यक्त गरेका छन ।