बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा पुथाउत्तरगङगा गाउँपालिका रुकुम पुर्बका उपाध्यक्षको मृत्यु

बागलुङ मा सरकारी गाडी दुर्घटना हुँदा पुथाउत्तरगङगा गाउँपालिका रुकुम पुर्ब का उपाध्यक्ष र उनकी आमा सहित अन्य १ गरि ३ जना को मृत्यु ।   बागलुङमा सरकारी गाडी  दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएको बुझिएको छ ।

घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मध्य् पहाडी लोकमार्ग अन्तर्गत बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा दुर्घटना भएको गाडी  रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ।

रा १ झ २०० नम्बर प्लेटको सरकारी गाडी शुक्रबार बिहान दुर्घटनामा परेको हो। दुर्घटना स्थलमा दुईजना महिला र एकजना पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए। घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर र उनकी आमा को पनि मृत्यु भएको जानकारी रहेको छ।

घटनास्थलमा सो गाउँपालिकाका उपाध्यक्ष बुढाको आइडी कार्ड ले जनाएको थियो।शुक्रबार  बिहान दुदीलाभाटीका प्रेमबहादुर कार्कीले घाँस काट्न जाने बेला गाडी दुर्घटना भएको देखेर उहाँले प्रहरी लाई खबर गर्नु भएको थियो।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस