रोल्पाको कारागारमा रहेका ३ जना कैदिले कैदकट्टा मिनाहा पाए

सरकारले कैदकट्टा मिनाहा गर्नका लागि सिफारिस भएका ६३० जनाको नामावली सार्वजनिक गरेको छ ।

जसअनुसार रोल्पाबाट तीन जनाले कैद मिनाहा पाउने भएका हुन। मिनाहा पाउनेमा सवारी ज्यान मुद्दामा २०७६र०२र ०७ मा जिल्ला अदालत रोल्पाको फैसलाबाट २०७९र०८र२९ बाट कैद सजाय भुक्तान गरिरहेका सुनिलस्मृति गाउँपालिका (२ का ३१ वर्षिय पुर्ण बहादुर विष्ट, सवारी ज्यान मुद्दामै २०८०र१२र०६ गते उच्च अदालत तुलसीपुरको फैसलाबाट २०७९र०५र१६ बाट कैद भुक्तान गरिरहेका रोल्पा नगरपालिका (२ का ५३ वर्षिय श्यामकुमार बुढा मगर र डाँका चोरी मुद्दामा उच्च अदालत तुलसीपुरको २०६७र०३र०९ गतेको फैसलाबाट २०७९र११र२१ बाट कैद भुक्तान गरिरहेका रुन्टीगढी गाउँपालिका (७ का ३३ वर्षिय मदन कुमार रोका रहेका छन। यी तिनै जनाको अझै कैद भुक्तान गर्न करिब डेढरडेढ वर्ष बाँकि थियो।

गत जेठ १५ सम्म ५० प्रतिशत कैद सजाय भोगिसकेका कैदीलाई कानूनी अड्चनका कारण कैदकट्टा मिनाहा हुन सकेको छैन । अब सरकारले उनीहरुको कैदकट्टा मिनाहा गर्ने गरी सरकारले प्रक्रिया अघि बढाएसंगै ६३० जनाको नामावली सार्वजनिक गरेको हो।

देभरका कारागारबाट गत जेठ १५ गतेसम्म ५० प्रतिशत कैद सजाय भोगिसकेकाको नामावली कारागार व्यवस्थापन विभागमा आइसकेको र संशोधन कानूनमा कैद मिनाहा गर्नुअघि ७ दिनको म्याद दिएर उजुरी आव्हान गरिएको विभागका महानिर्देशक जयनारायण आचार्यले बताए।

विभागका अनुसार फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ५८६ जना, ज्येष्ठ नागरिक ऐन, २०६३ दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका ३ जना र सर्वोच्च अदालतको २०८० वैशाख ८ मा भएको ९घटना हुँदाको तत्काल प्रचलित कानून आकर्षित हुने० फैसला समेतका आधारमा २०७५ भदौ १ भन्दा अगाडी घटना भई ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना गरी जम्मा ६२० जना कैदी बन्दीको कैद कट्टा सिफारिस गर्नका लागि कैद कट्टा नियमावली, २०७६ को नियम ६ को उपनियम ३ मा भएको व्यवस्था बमोजिम सूची सार्वजनिक गरेको हो ।

गृह मन्त्रालयको जेठ २२ को पत्र अनुसार फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसुर कैद नियमावली, २०७६ ९तेस्रो संशोधन २०८१०, ज्येष्ठ नागरिक ऐन, २०६३ समेतको व्यवस्था बमोजिम कैदी बन्दीको कैद कट्टा गर्नका लागि विभागले सूची सार्वजनिक गरेको हो । सबै कारागार र बाल सुधार गृहमा रहेका, प्रचलित कानून बमोजिम कैद छुटका लागि सिफारिस गर्न योग्य कैदी बन्दीको निवेदन सहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिस प्रमाणित भई आए अनुसार विभागले सूची सार्वजनिक गर्ने गरेको छ ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस