रोल्पामा पाँचौँ राष्ट्रिय कविता प्रतियोगिता २०८१ हुदै

रोल्पा जिल्लाको सदरमुकाम लिबाङको टुडिखेलमा पाँचौँ राष्ट्रिय कविता प्रतियागिता हुने भएको छ । रोल्पा नगरपालिका, नगर साहित्य, कला तथा सङगीत प्रतिष्ठान रोल्पाको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।

“रोल्पा सिर्जना महोत्सव” को पाँचौँ संस्करण अन्तर्गत पाचौ राष्ट्रिय कविता प्रतियोगित आयोजना गरिएको आयोजकले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

कविता प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार २० हजार ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना २ टिमलाई १०÷१० हजार प्रमाणपत्र र मेडल प्रदान गरिने रोल्पा नगर साहित्य, कला तथा सङगीत प्रतिष्ठान रोल्पाका अध्यक्ष नवीन लोचनमगरले जानकारी दिनुभयो । कविता प्रतियोगिता जेष्ठ ११ र १२ गते हुनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस