
प्युठानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
माण्डवी गाउँपालिका १ मुर्कुटी छबिसे चौरस्थित घोराहीबाट प्युठानतर्फ जाँदै गरेको रा।५ प १५२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको हो भने दुर्घटनामा चालक दाङ घोराही उपमहानगरपालिका १५ बस्ने २७ वर्षीय बिमल डाँगीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगन्जतर्फ रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार