रुन्टीगढी गाउँपालिकाको आधारभूत तह अन्तरगत कक्षा ८ को नतिजा सोमबार सार्वजनिक भएको छ । शैक्ष्कि सत्र २०८० चैत १ गते देखि सुरु गरिएको पालिका स्तरीय आधारभुत तहको नतिजा आज गाउँपालिकामा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।
शैशिक सत्र २०८० मा आधारभुत तह अर्थात कक्षा ८ मा ७२१ जना सहभागि भएका विद्यार्थी मध्य विभिन्न कारणले ६१६ जना विद्यार्थीहरु मात्र परिक्षामा सामेल भएका थिए । जस मध्य कुनै पनि विषय नलागेर उर्तिण संख्या १३० रहेका छन् । जस्को उर्तिण प्रतिशत २१५ रहेको छ । विषय लागेर २९६ उर्तिण भएका छन यसरी कुल उर्तिण संख्या ४२६ रहेको छ, भने कुल प्रतिशत ६९ रहेको छ । यसै गरि अनुर्तिण विद्यार्थी संख्या १९० रहेको छ ।
रुन्टीगढी गाउँपालिकाको वडा न १ मा रहेको पद्योदय मा.वि दाङचोटले परिक्षामा सामेल गराएको १५ जना विद्यार्थी मध्य १२ जना अर्थात ८० प्रतिशत विद्यार्थी उर्तिण गराइ पहिलो स्थान हासिल गर्न सफल भएको छ । गत वर्ष पनि पद्योदय मा वि दाङचोटले पहिलो स्थान हासिल गर्न नै सफल भएको थियो ।
यसै गरि जनकल्यान मा वि रुन्टीगढी ९ सर्पालले परिक्षामा सामेल गराएको ४० जना विद्यार्थी मध्य २६ जना अर्थात ६५ प्रतिशत विद्यार्थी उर्तिण गराइ दोस्रो, त्रिपुरेश्वरी आ.वि रुन्टीगढी ६ खाराले परिक्षामा सामेल गराएको १२ जना विद्यार्थी मध्य ७ जना अर्थात ५८ प्रतिशत विद्यार्थी उर्तिण गराइ तेस्रो स्थान र जनज्योति आ.वि रुन्टीगढी २ लामिडाँडाले परिक्षामा सामेल गराएको ३२ जना विद्यार्थी मध्य १६ जना अर्थात ५० प्रतिशत विद्यार्थी उर्तिण गराइ चौथो स्थान हासिल गर्न सफल भएको छ ।
गत वर्ष ९ प्रतिशत सिकाई उपल्ब्धी देखिएको कक्षा ८ को परिक्षाको नतिजा यस वर्ष बढेर २१ प्रतिशत भएको छ । यसरी हेर्दा गतवर्षको भन्दा यस वर्ष रून्टीगढीमा शिकाइ उपल्ब्धीको नतिजा सन्तोषजनक तथा बृद्धी भएको पाइएको छ ।