रोल्पाको गजुलमा रहेको सुनिल पार्कको सरसफाइ सम्पन्न

सुनिलस्मृती गाउँपालिका वडा नम्बर ६ गजुल स्थित सुनिल पार्कको परिसर सरसफाइ गरिएको छ ।

आज शनिबार विभिन्न व्यक्तित्वहरुको सहभागीतामा पार्कको सरसफाइ गरिएको सुनिलस्मृती गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयले जानकारी दिएको छ ।

सरसफाइ अभियानमा सुलिचौर रुइनिवाङ बजार क्षेत्रमा सरसफाइ अभियान चलाउनु भएका विभिन्न अभियान्ताहरुको साथै स्थानीय बासीहरुको पनि सहभागिता रहेको वडा अध्यक्ष लोकेन्द्र बहादुर थापाले जानकारी दिनुभएको छ । उक्त पार्कमा भएका फोहोरहरु लाई जम्मा गरे नस्ट गरिएको छ । सहिद किम बहादुर थापाको सम्झनामा बनाइएको उक्त पार्कलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने स्थानीय सरकारको लक्ष्य छ । उक्त पार्क पर्यटनको विकासको लागि बनाइएको हो ।  समय समयमा उक्त क्षेत्रमा मानिसहरु घुम्न आउने गर्द्छन ।

सरसफाइ अभियानमा वडाका जनप्रतिनिधि, नगर प्रहरी प्रमुख, बुद्धिजीवी, स्थानीय लगाएतको समेत सहभागी रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस