दाङको घोराहीमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दाङको घोराहीमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ लिङदुङका २१ वर्षीय विवेक पुन र त्रिवेणी गाउँपालिका वडा नम्बर ५ ठाउँका २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको छ ।

मोटरसाइकल पुनले चलाएका थिए भने भण्डारी पछाडि सवार थिए । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही बजार नजिकै घोराही उपमहागनरपालिका नम्बर १६ सर्रा चोकमा बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो।

घाइेते लाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको केही बेरमै पौने ७ बजेतिर दुवैलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले बताए ।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिको मोटरसाइकलले साइकल यात्रीलाई जोगाउन खोज्दा दुर्घटनामा परेको थियो। डिएसपी मल्लका अनुसार दुर्घटनास्थलमा साइकल फेला परेको छ। तर साइकल चालक भने फेला नपरेको र खोजी भइरहेको उनले बताए।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस