
नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान अन्तर्गत परिवर्तन गाउँपालिका – ३ को बागमारामा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस परिवर्तन गाउँपालिका–३ इकाई समितिको आयोजनामा आइतबार बागमारामा रहेको रेडक्रस भवनमा सम्पन्न भएको हो ।
नेपाली कांग्रेस परिवर्तन गाउँपालिका–३ का इकाई सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको समुदायमा कांग्रेस अभियानको प्रमुख अतिथीमा समुदायमा कांग्रेस अभियानका रोल्पा जिल्लामा खटिनु भएका केन्द्रिय प्रतिनिधि तथा नेपाली कांग्रेस दाङ जिल्लाका निवर्तमान सभापति कृति बहादुर खड्का रहनु भएको थियोे ।
समुदायमा कांग्रेस अभियान परिवर्तन गाउँपालिका–३ मा रोल्पा जिल्लाबाट खटिनु भएका प्रतिनिधि तथा नेपाली कांग्रेस रोल्पाका पूर्व सचीव झक्कु प्रसाद घर्ती मगर, नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका सभापति खड्क घर्ती मगर, परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष खिम विक्रम चन्द लगायतको आतिथ्यता रहेको थियोे भने अभियानमा नेपाली कांग्रेस बाट निर्वाचित वडा सदस्यहरु, अगुवा कार्यकर्ताहरु लगायतको सहभागिता रहेको थियोे ।
अभियानमा सहभागी भएका वडा सदस्य तथा अगुवा कार्यकर्ताहरुले नेपाली कांग्रेस पार्टीको बारेमा गह्न रूपमा जिज्ञासा र गुनासो राखेका थिए।सहभागीले आफ्नो गाउँ ठाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माण र बेरोजगार लगायतका विषयमा र अहिलेको नेतृत्वको बारेमा समेत जिज्ञासा र गुनासो गरेका थिए ।
रोल्पा जिल्लामा केन्द्रिय प्रतिनिधिको रूपमा खटिनु भएका कृति बहादुर खड्काले आफूलाई गरेको जिज्ञासा र गुनासोहरुलाई जस्ताको त्यस्तै केन्द्रमा लग्ने समेत बताउनु भएको छ । उहाँले भन्नु भएको छ,“मैले यहाँ आएर तपाईं आम कार्यकर्ताहरुले जे–जे गुनासो गर्नु भएको छ,यी सबै प्रश्न लिएर म केन्द्र जानेछु“उनले भने । “अहिलेको नेतृत्व र कार्यकर्ता बीच भेटघाट हुने दुरी घटेको हो वा टाढा भएको हो“जस्तो लागेको छ–खड्काले भने तपाईंहरु निराश भएर नबस्नु होला ?
हिजो महान जनयुद्धको समयमा पनि ज्यान बाजी राखेर संस्था जोगाउनु भयो र तपाईं कार्यकर्ताहरुको महत्त्वपूर्ण योगदान रहेको छ–उनले भने । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस परिवर्तन गाउँपालिका–३ का इकाई समितिका सचीव ज्योति प्रकाश चन्दले गर्नु भएको थियोे ।