श्री सरस्वती आधारभूत विद्यालय रोल्पाको बाल क्लव गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

श्री सरस्वती आधारभूत विद्यालय माडी गाउँपालिका १ भिताबाङमा आज बाल क्लव गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

“पूर्ण सरसफाई उन्मुख घाेषणा गर्ने हाम्राे अभियान,माैलिक कला र सभ्यता माडीकाे पहिचान”भन्ने मुल नारा सहित माडी गाउँपालिकाकाे खानेपानी सरसफाई तथा स्वच्छता (वास) ईकाइ अन्तर्गत विद्यालय स्तरिय बाल क्लब गठन गरिएकाे हाे । कार्यक्रममा माडी गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता (वास) ईकाइ सम्याेजक भद्रबिर घर्तीले व्यक्तिगत तथा वातावरणीय सरसफाई भनेकाे केहाे, व्यक्तिगत तथा बाताबरणको सरसफाई कसरी गर्न सकिन्छ, फाेहाेर पानी बासी सडेगलेकाे खानालले मानव शरीरमा पर्ने असर , स्वस्थ जीवनशैली, स्वस्थ घरपरिवार र पूर्ण सरसफाइ उन्मुख गाउँ समाज कसरी बनाउन सकिन्छ भन्ने बारेमा प्रष्ट पार्नु भएकाे थियाे ।

साथै उहाँले बजारी खाना जंकफुट खानाले बालबालिकालाई पर्न सक्ने शारीरिक तथा मनाेसामाजिक असरकाे बारेमा जानकारी दिदै बाल क्लवले सरसफाइ स्वच्छता तथा जंकफुटकाे असरबारे घरपरिवार र अन्य बालबालिकालाई सचेत गराउन सक्ने भएकाेले बाल क्लवकाे महत्वपूर्ण भूमिका रहेकाे बताउनु भएकाे छ ।

कार्यक्रममा हसिना बिककाे अध्यक्षतामा खानेपानी सरसफाई तथा स्वच्छता (वास) ईकाइ अन्तर्गत विद्यालय स्तरकाे १३ सदस्यीय सिर्जनशील बाल क्लव पनि गठन गरिएकाे छ । उक्त बाल क्लवकाे उपाध्यक्षमा टेकम बिक,सचिवमा दिलिप सुनार,काेषाध्यक्षमा दिपजंग घर्ती र सहसचिवमा गिता घर्ती रहेका छन् भने सदस्यहरूमा पदम बिक,झुमा बिक,रेजिना पुन,प्रकाश घर्ती,लक्ष्मी खड्का, लाेकेश बिक,खामस घर्ती र तिर्था घर्ती रहेका छन् ।

श्री सरस्वती आधारभूत विद्यालय भिताबाङका प्रधानाध्यापक टाेप बहादुर घर्ती मगरकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन तथा सहजिकरण माडी गाउँपालिका वास ईकाइ सम्याेजक भद्रवीर घर्ती मगरले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस