परिवर्तन गाउँपालिका रोल्पाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

परिवर्तन गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय परिवर्तन गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वबधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति रोल्पाको आयोजना र परिवर्तन गाउँपालिकाको व्यवस्थापनमा सुरु २५ पुष देखि सुरु भएको परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबार सम्पन्न भएको हो।

स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुदूभन्ने मुलनाराका साथ सहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका ५ राङ्कोटको धामाचौरमा २५ पुष देखि २९ पुष सम्म सञ्चालन भएको परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गरिएका खेलहरु मध्ये ६६ पदक समेटिएको र परिवर्तन गाउँपालिका भित्रका करिब १२ वटा माध्यमिक विद्यालयहरु बीच प्रतिस्पर्धा गराएको आयोजक परिवर्तन गाउँपालिका खेलकुद विकास समितिले जानकारी दिएको छ।

परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा समावेश भएको ६६ पदकमा २३ स्वर्ण,९ रजत र १४ कांस्य प्राप्त गर्दै प्रथम जनसेवा नमूना माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका २ राङ्सी पोखरा भएको छ । प्रथम जनसेवा नमूना माविले परिवर्तन गाउँपालिका दोस्रो रनिङ शिल्ड र प्रथम स्थानको ट्रफी प्राप्त गरेको छ ।

बाल कल्याण माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका १ कुरेलीको उपबाङले २२ स्वर्ण,१४ रजत र १३ कांस्य प्राप्त गर्दै दोस्रो भएको छ । बाल कल्याण मावि उपबाङले दोस्रो ट्रफी प्राप्त गरेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका २ राङ्सीको राङखुङले ८ स्वर्ण,१४ रजत र १३ कांस्य प्राप्त गर्दै तेस्रो भएको छ।नेपाल राष्ट्रिय मावि राङखुङले तेस्रो ट्रफी प्राप्त गरेको छ । अन्य राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भएका विद्यालयहरु क्रमिक रूपमा बाल शिक्षा माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका(३ इरिबाङ थुनिकोटले ५ स्वर्ण,१ रजत र १ कांस्य प्राप्त गर्दै चौथो भएको छ ।

दिव्य ज्योति माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका ४ पाछाबाङ माइस्थानले २ स्वर्ण,११ रजत र ११ कांस्य प्राप्त गर्दै पाँचौ भएको छ।जनज्योति माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका ४ पाछाबाङ आरखोलाले २ संवरण,४ रजत र ३ कांस्य प्राप्त गर्दै छैठौं भएको छ ।

जनता माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका ३ इरिबाङ बागमाराले १ स्वर्ण,३ रजत र ४ कांस्य प्राप्त गर्दै सातौ भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका ६ इरिबाङ नाफेले १ स्वर्ण,२ रजत र ३ कांस्य प्राप्त गर्दै आठौं भएको छ । जनकल्याण माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका १ कुरेली धानाबाराले १ स्वर्ण,२ रजत र ० कांस्य प्राप्त गर्दै नवौं भएको छ । जनकल्याण माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका ५ राङ्कोट त्रिवेणीले १ स्वर्ण,१ रजत र ० कांस्य प्राप्त गर्दै दसौं भएको छ ।

नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका ५ राङ्कोट मौलाबोटले ० स्वर्ण,१ रजत र ५ कांस्य प्राप्त गर्दै एघारौं भएको छ । राष्ट्रिय माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका ३ इरिबाङ केवरीले ० स्वर्ण,१ रजत र ० कांस्य प्राप्त गर्दै बाह्रौं भएको छ । परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको प्रथम स्थान र दोस्रो स्थानको लागि दुई विद्यालय जनसेवा नमूना मावि राङ्सी पोखरा र बाल कल्याण मावि कुरेली उपबाङ बीच निकै प्रतिस्पर्धा भएको थियो । परिवर्तन गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अहिलेसम्मकै फाइनल खेल कडा प्रतिस्पर्धा भएको बताइएको छ।परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता समाप्न कार्यक्रमको अध्यक्षता परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको रहेको थियोे भने परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता र परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि।एमको विशिष्ट आतिथ्यता रहेको थियोे ।

परिवर्तन गाउँपालिका २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर,परिवर्तन गाउँपालिका शिक्षक अभिभावक संघका अध्यक्ष चिज बहादुर विक,नेपाल शिक्षक महासंघ रोल्पाका निवर्तमान अध्यक्ष तथा जनसेवा नमूना माविका प्रधानाध्यापक भिम प्रकाश पुन,जनता मावि बागमारा प्रधानाध्यापक जय कुमार बुढा मगर,दिव्य ज्योति माविका प्रधानाध्यापक नवराज डाँगी,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय राङखुङका शिक्षक कुमार आले,नेपाल राष्ट्रिय मावि नाफेका शिक्षिका निर्दोषी घर्ती मगर,रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष कृष्ण बाँठा मगर,शहिद स्मृति युवा क्लब परिवर्तन गाउँपालिका २ राङ्सीका अध्यक्ष झक्कु प्रसाद घर्ती मगर,बाल कल्याण मावि उपबाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविन बुढा मगर लगायतको आतिथ्यता रहेको थियोे ।

साथै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पनि परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई सहभागी गराउने समेत परिवर्तन गाउँपालिका खेलकुद विकास समितिले बताएको छ । परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता समाप्न कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य श्याम शाही ठकुरीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस