खेलकुदको विकासका लागि सकारात्मक भएर लाग्न जि.स.स. रोल्पाकी प्रमुख आचार्यको आग्रह

बालबालिका भविष्यको कर्णदार भएकोले खेलकुद क्षेत्रको विकासले बालबालिका लाई ठुलो सहयोग पुर्याउने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्यले बताउनुभएको छ ।

लुङ्ग्री गाउँपालिकामा आयोजित तेस्रो माध्यमिक विद्यालय स्तरिय रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।

खेलकुदको विकासको लागि नकारात्मक कुरालाई हटाउदै सकारात्मता तर्फ उन्मुख हुन आग्रह गर्नुभयो ।

खेलकुद क्षेत्र भनेको चौतर्फी विकासको आधार भएकोले यस क्षेत्रलाई विद्यालय स्तरमा प्राथमिकता दिनुपर्ने  उहाँको भनाई रहेको थियो ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस