मगर र थारुहरुको बिषेस पर्ब माघे सकरान्ति आउदै गर्दा दाङ जिल्लाको घोराहीमा पनि महोत्सव लाग्ने भएको अब १ गते नजिक आउदै गर्दा नेपाल मगर संघ दाङ घोराही नगर यतिबेला माघी महोत्सवको तयारीमा जुटेको छु ।
नेपाल मगर संघ दाङ घोराही नगरले माघे महोत्सव मनाउने भएको छ । नगरले यहि पुस २७ गते माघे महोत्सव मनाउने जनाएको छ । महोत्सव लाई सम्पन्न गर्न नगरले विभिन्न उपसमितिहरु बनाएको छ।
जसमा महोत्सव ब्यबस्थापनमा वरिष्ठ उपाध्यक्ष मित्रलाल बुढा मंच ब्यबस्थापनमा उपाध्यक्ष अमर बहादुर घर्ती अतिथि सत्कारमा महिला उपाध्यक्ष मल्लिता पुन तथा सह सचीव मिना बुढा धनुषवाण ब्यबस्थापनमा भाषिक उपाध्यक्ष दिल बहादुर घर्ती र प्रचारप्रसार बिभागमा सदस्य कैलाश घर्ती मगर लाई जिम्मेवारी दिएको छ ।
महोत्सवमा मगर भेषभुषा सहितको झाँकी तथा नृत्य प्रदर्शन गर्ने र उत्कृष्ट लाई कदर पत्र सहित नगद पुरस्कार प्रदान गर्ने जनाएको छ। महोत्सवमा मगर परिकारहरु सेल रोटी, बङ्गुरको मासु, रोटी तथा तरुल राखिने प्रचारप्रसार बिभाग कैलाश घर्ती मगरले जनाउनु भएको छ ।
महोत्सव नेपाल मगर संघ दाङको प्राङ्गणमा हुने जनाइएको छ । महोत्सवमा उपस्थितिको लागि सम्पुर्ण मगर तथा गैर मगर समुदायलाई नगर कमिटीले अनुरोध समेत गरेको छ।
माघ १ गते लाई मगर तथा थारुहरुले विशेष पर्वको रुपमा मनाउने गरेका छन । यस पर्वलाइ मगरहरुको प्रमुख सांस्कृतिक तथा महान पर्वको रुपमा लिने गरिन्छ । यस पर्वलाई मगर समुदायले चेली पुज्ने तथा पितृको पुजा गर्ने दिनको रुपमा मनाउने गर्दछन ।
उक्त दिन बिहान पुरुषहरू नुहाइधुवाइ गरेर केही नखाई कुल देवता र पितृको पूजा गरि चेलीबेटीको पूजा गर्ने चलन रहेको छ। पूजा सकिएपछि चेलीबेटीलाई टीका लगाइदिएर गच्छे अनुसारको दक्षिणा तथा उपहारका साथै मीठोमसिनो खानेकुरा दिइन्छ। जसलाई निस्रो/निर्सो/मिस्रा/माना भनिन्छ। निस्रोका रूपमा चामल‚ तरुल, पिंडालु, फलफूल, मिठाई, खानेकुरा र दक्षिणा थालमा राखेर दिने चलन समेत रहेको छ।


