रोल्पाली सेवा समाजको सहयोग तथा सम्मान कार्यक्रम सम्पन्न

रोल्पाली सेवा समाज केन्द्रिय कार्यसमितिले दाङ, घोराहीमा एक कार्यक्रम समपन्न गरेको छ रोल्पाका नर बहादुर ओलीलाई सहयोग हस्तान्तरण गर्दै यो कार्यक्रम सुरुवात भएको थियो ,भारतमा आफैले बोकेको भारीले थिचेर गर्धन भाचिए पछि उनिलाइ बचाउन रोल्पाली सेवा समाज रोल्पाले दुइ हप्ते बचाउ अभियान केन्द्रीय उपाध्यक्ष लालकुमारी रोका संयोजक र स-संयोजक कतार शाखाका आर्थिक सल्लाहकार नन्द कुमार डाँगी हुनुहुन्थ्यो उक्त अभियान लाइ विशेष सहयोग रोल्पाली सेवा समाज मलेसिया शाखाले विशेष पहल गरि सहयोग संकलन भएको थियो संकलन भएको एक लाख चौहतर हजार नौ सय बाइस रुपैया नर बहादुर ओलीको श्रीमती बिष्णु ओलीलाई हस्तान्तरण गरिएको हो ।

रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष डिलाराम ओलीको सभापति बाट सुरुवात भएको कार्यक्रममा प्रमुख अतिथि संघीय संसद माननिय इस्वरी जिएम र बिसेष अतिथि घोराही उपमहानगरपालिका १३ का वडा अध्यक्ष डुल्लु राम पोख्रेल १३ का निवर्तमान वडा सदस्य केशव गीरी रोल्पाली सेवा समाजका विभिन्न शाखाका अध्यक्षहरु लगायत थुप्रै अतिथि हरुको उपस्तिथी रहेको थियो रोल्पाली सेवा समाज दाङ साखाका महासचिब घनश्याम गिरीले संचालन गरेको  कार्यक्रममा दाङ साखाका अध्यक्ष ओम प्रकास खड्काले स्वागत मनतब्य राखेका थिय ।

यहि कार्यक्रममा ३० जना आजिवन सदस्यलाई सम्मान गरी प्रमाण-पत्र वितरण गरियो भने सम्पूर्ण कार्यसमितिलाई आइडि पनि वितरण गरिएको थियो साथै केन्द्रिय सल्लाहकारहरुलाई पनि सम्मान गरियो भने पत्रकारिता सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा पत्रकार र कलाकार समेतको उपस्थिती रहेको थियो कायक्रमकै अबसरमा त्रिबेणी ४ सिमपानिका बलासिंग बिक आफ्नो श्रीमतीको उपचारका लागि सहयोग माग्न पुगेपछि कार्यसमिति लगाएत सम्पूर्ण सहयोगी मनले रकम सकलन गरि ९ हजार ८ सय ७० रुपैसा हस्तान्तरण गरियो ।

कार्यक्रममा अथितिहरुले आफ्नो आफ्नो मन्तब्य राखेका थिए कार्यक्रम आयोजनाको सम्पूर्ण जिम्मा केन्द्रिय सल्लहाकार अमरदास पुन र केन्द्रिय सदस्य मनिषा पुनले गरेका थिए भने आफ्नै घरमा कार्यक्रमको आयोजना गरी भोजन सम्मको ब्यबस्था गरेका थिए उहाहरुलाई सम्मान सहित खादा ,मालाले सम्मान समेत गरिएको थियो।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस