राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको रोल्पा थवाङबाट फेसबुक लाइभ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने रोल्पा आउनु भएको छ । पार्टीका कार्यकर्ता र सुभचिन्तकहरु संग भेटघाट गर्नको लागि रोल्पा आउनु भएका रास्वपा रोल्पाले जानकारी दिएको छ ।

लामिछाने काठमाडौं देखि नेपालगञ्ज आउने र नेपालगञ्ज देखि रोल्पा आउने कार्यक्रम तय भएको हो । सभापती लामिछानेले जिल्लाका बिभिन्न स्थानमा पार्टि कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पा जिल्ला संयोजक रमेश थापाले र जानकारी दिनुभएको छ ।

साथै लामिछानेले आज नै पुर्वी रोल्पाको सुलिचौरमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकलाई भेटेर  लामिछाने लिवाङ, घर्तिगाउ, परिबर्तन गाउपालिका हुदै जनयुदको उदगम स्थल रोल्पाको थवाङ पुगेर फेसबुक लाइभ आएका छन् र उनले फेसबुक पेजमा समेत यस्तो लेखेका छन् :

जननिर्वाचित संविधानसभाद्वारा संविधान बनाइनु ऐतिहासिक थियो । जनताले हदै सम्मको सङ्घर्ष गरेर नयाँ संविधान बनाएको ८ वर्ष पुगिसकेको छ । तर मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको छ। आज म, विगत ३ दशकको राजनीतिक उतार चढावमा सबै भन्दा पीडा भोगेको रोल्पामा छु । जनताले,राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन् । जनताले समृद्धिको ढोका खोजिरहेका छन् । उनीहरूले बुझेका छन् संविधान साधन हो, साध्य होइन । संविधान आफैँमा गतिशील दस्ताबेज हो । हाम्रो संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको छ । संविधान स्वयंले नै लोकतान्त्रिक प्रक्रियाद्वारा संशोधनको बाटो खुला राखेको छ । अत: लोकतान्त्रिक व्यवस्थाको सदुपयोग गर्दै हाम्रो संविधान देश र जनतालाई समृद्धिको बाटोमा अगाडि लैजाने साधन बनोस् । हामी सबैलाई संविधान दिवसको हार्दिक शुभकामना ।
र, आज अपरान्ह द्वन्द्वकालीन पीडाको इपीसेन्टरको रूपमा रहेको रोल्पाको थवाङबाट facebook live मा आउँदै छु।

 

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस