नवनिर्मित रोल्पा अस्पतालको भवन अस्पताल विकास समितिलाई हस्तान्तरण

वनिर्मित रोल्पा अस्पतालको भवन निर्माण कम्पननीले रोल्पा अस्पताल विकास समितिलाई हस्तान्तरण गरेको छ । ५० सैयाको अस्पताल भवन निर्माण कार्य सम्पन्न भइसके पश्चात मंगलबार एक औपचारीक कार्यक्रमका विच उत्त भवन हस्तारण गरेको हो ।

निर्माण कम्पनीले असार मसान्तमै स्टिमेट काम सम्पन्न गरेको भएतापनि थप कार्यहरु बाकी भएको हुनाले ति कार्यहरु पनि सम्पन्न भए पश्चात मंगलबार मात्र भवन हस्तान्तरण गरीएको अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले बताउनु भएको छ ।

अध्यक्ष आचार्यका अनुसार असोज १० गते भित्रै नयाँ भवनबाट अस्पतालका सबै कार्य सञ्चालन हुनेछन् । रोल्पा अस्पताल नेपाल सरकारकारको संघीय बजेटबाट निर्माण भएको हो । २०७४ असोज ३० गते श्री आशिष, श्री जयन्ती, ड्राइगन जे.भी. काठमाण्डौँले सम्झौता गरेको थियो । सो कम्पनीका २०८० साल जेठ ३२ गतेसम्म सम्झौता मिति रहेको थियो ।

रोल्पा अस्पताल भवन निर्माणका लागि नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी भवन आयोजना कार्यालयबाट भ्याट रकमसहित ३५ करोड ६ लाख ९७ हजार २५९ रुपैँयाको लागतमा निर्माण भएको हो ।

रोल्पा अस्पतालमा भवन निर्माणका लागि केही समय काममा गति लिन नसकेपनि पछिल्लो समयमा तिव्रगतिमा काम भएको थियो । निर्माण कम्पनीले समयमा तीव्रगतिमा काम नगर्दा रोल्पाका जनप्रतिनिधी तथा नेताहरुलाई दवाव तथा जनगुनासो आएको थियोे । त्यसयता जनप्रतिधिहरु, प्रशासनहरुको पहलमा उत्त काम समयमा काम सकिएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस