
परिवर्तन गाउँपालिका–३ को केवरी स्वास्थ्य चौकी उत्कृष्ट घोषणा भएको छ । गत आर्थिक बर्ष २०७९÷०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा तथा योजना गोष्ठी कार्यक्रम अवसरमा राम्रो कार्यसम्पादनको आधारमा उत्कृष्ट स्वास्थ्य संस्थाको रूपमा घोषणा गरिएको हो ।
परिवर्तन गाउँपालिका भित्र रहेका पाँच स्वास्थ्य चौकी मध्ये एक स्वास्थ्य चौकीलाई उत्कृष्ट स्वास्थ्य घोषणा समेत बताइएको छ । जसमा स्वास्थ्य संस्थाको ३२ सूचक र परिवर्तन गाउँपालिकाको ४ सूचक गरि जम्मा ३६ सूचक पूरा गर्दै स्वास्थ्य चौकी केवरी पहिलो भएको छ । ७२.४६ प्रतिशत प्राप्त गरी पहिलो भएको छ ।
स्वास्थ्य चौकी केवरीका प्रमुख नरसिंह वलीलाई नगद रु.४० हजार सहित प्रमाणपत्र, खाडा, माला र अबिर लगाएर परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर,परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम. र स्वास्थ्य कार्यालय रोल्पाका तथ्यांक फोकलप्रर्सन अरुण भिटुले सम्मान गरेका हुन भने परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष खिम विक्रम चन्द र सामुदायिक स्वास्थ्य इकाई केन्द्र बागमाराका कर्मचारीलाई पनि खाडा,माला र अबिर लगाएर सम्मान गरेका हुन ।
दोस्रो कुरेली स्वास्थ्य चौकी भएको छ।कुरेलीले ७०.२३ प्रतिशत लिएको छ । तेस्रो राङ्सी स्वास्थ्य चौकी भएको । राङ्सीले ६४.७३ प्रतिशत लिएको छ । चौथो पाछाबाङ स्वास्थ्य चौकी भएको छ । पाछाबाङले ५४.३३ प्रतिशत लिएको छ । पाँचौ राङ्कोट स्वास्थ्य चौकी भएको छ । राङ्कोटले ५०.५० प्रतिशत लिएको छ