अनेरास्ववियु रोल्पाको पालिका अधिवेशन सुनिलस्मृतिमा सम्पन्न

अनेरास्ववियु सुनिलस्मृति गाउँपालिकाको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ सुलिचौरमा विहिबार उक्त अधिवेशन सम्पन्न भएको हो । प्रथम अधिवेशनले झक्कु गिरिको अध्यक्षतामा २१ सदस्यीय कमिटी बिस्तार गरेको छ ।

नवनिर्वाचित अध्यक्ष गिरिको अध्यक्षतामा विहिबार नै कमिटीको पहिलो बैठक समेत सम्पन्न भएको अनेरास्ववियु जिल्ला कमिटी रोल्पाका संयोजक लेखनाथ वलीले जानकारी दिनुभएको छ । बैठकमा अनेरास्ववियु सुनिलस्मृति पालिका कमिटी के कसरी अगाडि बढ्ने र आगामी दिनहरुमा के कस्ता कामहरु गर्ने भन्ने बिषयमा पनि छ्लफल भएको वलीले बताउनु भयोे ।

कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य खिम चन्द्र पुनले बोर्डिङ स्कुलमा फि महगो भएर सामान्य परिवारका छोराछोरीले पढ्न नसक्ने साथै सरकारी स्कुलहरुमा हुने विभिन्न बेथिति विरुद्धमा आफ्नो आवाज उठाएर स्कुलहरुको पढाईमा समेत सघाउ पु¥याउन अनेरास्ववियुले महत्वपुर्ण भुमिका निवार्ह गर्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी रोल्पाका उप–सचिव तथा प्रथम अधिवेशनका विशिष्ट अतिथी दिपक बिष्टले अनेरास्ववियुले सुनिलस्मृति गाउँपालिकामा कमिटी बिस्तार गरेर इतिहास रचेको बताउदै यसमा आफुलाई गैरभ महशुस भएको बताउनु भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी रोल्पाका संयोजक लेखनाथ वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको अन्य अथितीहरुमा नेकपा एमाले सुनिलस्मृति गाउँपालिका अध्यक्ष तारा सेन, गाउँपालिका पुर्व इन्चार्ज बमबहादुर पुन, पार्टीका जिल्ला कमिटी सदस्यहरु, आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य, पार्टीका सचिवालय सदस्य लगायतको आतिथ्यता रहेको थियोे । कार्यक्रमको संन्चालन सचिवालय सदस्य प्रताप घर्ती मगरले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस