
कुनै समय रोल्पा अस्पताल रेउघामा बिरामी पुग्दा रोजेर डाक्टरहरुलाई भेट्न सकिन्थ्यो तर हिजो आज त्यसको ठिक बिपरित भएको छ एउटा डाक्टर भेट्नको लागी घण्टौ कुर्नु पर्ने बाध्यता रहेको छ ।
रोल्पा अस्पताल रेउघा रोल्पामा हुनु पर्ने आवश्यक जनशक्ति नहुँदा बिरामीहरुको उपचारमा ठुलो समस्या परेको छ । अस्पतालमा कार्यरत केहि डाक्टरहरु जागिर छाडेर गए भने केहि डाक्टर सरुवा भएर गए पछि अस्पतालमा अहिले डाक्टरहरुको अभाव भएकोे हो ।
पछिल्लो समय अस्पतालमा आएका दुई जना डाक्टरहरु डा. निरज घर्तीमगर र डा. मुबास्सिर हुसेन खान पनि तालिममा जिल्ला बाहिर गए पछि अहिले अस्पतालमा एक जना एम.डि.जि.पी. डाक्टर र दुई जना स्वास्थ्य कर्मिको भरमा ओपिडी सेवा चलिरहेको छ ।
अस्पतालमा हिजो आज दैनिक करिब १ सय ५० देखि २ सय सम्म बिरामिहरुले ओपिडी सेवा लिने गरेको अस्पताल स्रोतले बताइएको छ । ति सबै बिरामिहरुलाई ओपिडी सेवा एक जना एम.डि.जि.पी. डाक्टर रण बहादुुर बोगटी र अन्य दुई जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरु सिनियर अहेब कुलबहादुर डाँगी र हेल्थ असिस्टेन्ट कृष्णप्रसाद डाँगीले चेक जाँच गरिराखेका छन् ।
अस्पतालमा हाल आठौं तहको निमित्त सुपरिटेन्डेन्ट एक जना डाक्टर लोकरत्ना ज्ञवाली भए पनि उनी प्रायः अस्पतालको व्यवस्थापकिय काममा खट्नु पर्ने र दैनिक जिल्लामा हुनै बैठकहरुमा सहभागि जनाउनु पर्ने बाध्यता हुँदा सधै बिरामिहरुको चेक जाँच गर्न पाउँदैनन् । त्यसैले पनि एक जना डाक्टरले अस्पतालमा आएका सबै बिरामिहरुलाई सेवा दिनु पर्ने बाध्यता रहको छ ।
अस्पतालमा एक जना मेसु र अन्य डाक्टर दश जना गरी जम्मा ११ जना डाक्टरको दरबन्दी छ । तर अहिले नेपाल सरकारको दरबन्दीको एक जना निमित्त मेसु मात्र भएको बताइएको छ ।
अस्पतालको बहिरंग सेवा, अन्तरंग सेवा, २४ सै घण्टा इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, प्रेसन सेवा, अस्पतालका मेसु अन्य काममा व्यस्त हुंदा कुनै समयमा त आफु एक्लैले सबै हेर्नु पर्ने बाध्यता भएको अस्पतालका एम.डि.जि.पी. डाक्टर बोगटी बताउनु भयो ।
साथै जटिल प्रकारको प्रसूति सेवा (सीएस) समेत आफू एक्लैले गर्दा भ्याइनभ्याई हुने र थाकेर हैरान हुने गरेको समेत बोगटीको भनाई छ । बोगटीले थप्नु भयो म एम.डि.जि.पी. डाक्टर हो तर पनि मेडिकल अधिकृत सरह २४ घण्टा सेवा गर्नु पर्ने बाध्यता रहेको छ । जति गरे पनि कोहि कसैले आफुहरुलाई डाक्टरले केहि गरेनन् भन्दा साह्रै चित्त दुख्ने गरेको गुनासो गर्नुृ भयो ।
जटिल प्रकारको प्रसूति बनाउनु पुर्व बेहोस बनाउने चिकित्सक अहिले अस्पतालमा नहुदासेवा श्रावन देखि अस्पतालमा हुने सिएस सेवा रोकिएको छ, नत्र सिएस सेवा पनि भएको भए यति सबै एक्लैले कँहा सेवा दिन सकिन्थ्यो बोगटीले थप्नु भयो । अव जिल्लाको सबै सराकोकारवाला पक्ष अस्पताल प्रसासन सबै मिलेर थप जनशक्ति ल्याउन सकेमा र नँया भनब बाट सेवा सुरु भएमा मात्र सबै रोल्पालीले राम्रो सेवा पाउने र आफुहरुलाई पनि सजिलो हुने एम.डि.जि.पी. रण बहादुर बोगटीले बताउनु भयो ।
‘कहिले काहीं मेसु अस्पतालको अरु काममा व्यस्त हुँदा र अन्य डाक्टरहरु तालिममा जादा वा बिदामा बस्दा २४ सै घण्टा एक्लै खटेर बिरामिलाई सेवा दिनुपर्दा सेवा प्रभावकारी हुदैन्, यस्तो बेला बिरामिहरुले गरेको गुनासोलाई नचाहेर पनि डाक्टरले सामान्य रुपमा लिनुको बिकल्प हुदैंन के गर्नु’ डाक्टर बागटीले बताउनु भयो ।
यस विषयमा रोल्पा अस्पताल रेउघाका निमित्त मेसु डाक्टर लोकरत्ना ज्ञावालीले डाक्टरको अभाव रोल्पामा मात्र नभइ देशभर भएको बताउदै, छात्रवृतिमा अध्यन सकेर दुइ बर्षे करार सम्झौतामा सेवा दिन आएका डाक्टरहरुको समयावधि सकिए पछि रोल्पा अस्पतालमा डाक्टरहरुको संख्यामा कम भएको उहाको भनाई छ ।
नंया डाक्टर नियूक्ति गर्नका लागि अस्पताल आफैले विज्ञापन खोल्न नमिल्ने कानून प्रदेश सरकारल बनाए पछि अस्पतालमा जनशक्ति अभाब थप चुलिएको बताउनु भयो । उता प्रदेश सरकारले पनि नँया डाक्टर पठाउन नसक्दा अस्पतालमा जनशक्तिको अभाव देखिएको ज्ञवालीले थप्नु भयो । अस्पतालमा नयाँ विशेषज्ञ डाक्टरको मागको लागि अस्पताल प्रशासनबाट पटक–पटक सम्बन्धित निकायमा आफुहरुले माग गरिरहेको तर हालसम्म पनि लुम्बिनी प्रदेश सरकारले डाक्टर नपठाएको गुनासो समेत गर्नु भएको छ ।
आवश्यकता भन्दा कम जनशक्ति भएको कारण सेवा प्रवाहमा केहि असहज भएको हुनसक्ने तर आफुहरुले नियमित रुपमा सेवा प्रवाह गर्न लागि कुनै कसुर बाकिँ नराखेको उहाँले बताउनु भयो ।
अब छिट्टै जटिल प्रकारको प्रसूति सेवा (सीएस) पनि पुनः सञ्चालनमा आउने निमित्त मेसु ज्ञवालीले बताउनु भयो । जटिल प्रकारको प्रसूति सेवा (सीएस) गर्नु पुर्ब बेहोस बनाउने चिकित्सको अभाबले सिएस सेवा रोकिएको थियो अबको एक हप्तामा नँया चिकित्सक आउदै हुनुहुन्छ, त्यस पछि फेरि सिएस सेवा सुरु हुने बताउनु भयो ।
रोल्पा अस्पताल रेउघा प्रदेश स्तरीय अस्पताल भएकोले यसको सम्पुर्ण जिम्मेवारी प्रदेशकै हुने तर प्रदेशले न नयाँ जनशक्ति पठाउने गरेको छ, नत कर्मचारीको लागि नयाँ विज्ञापन नै आह्वान गरेको छ, यसले थप चुनौती थपिरहेको छ, उहाँले भन्नुभयो । यहि विच केही डाक्टरहरु तालिमको लागि बाहिर गएकोले पनि सेवा प्रवाहमा समस्या भएको उहाँले स्विकार्नु भयो ।
रोल्पा दुर्गम क्षेत्र भएकाले यहाँ आउने डाक्टरहरुको लागि सेवा सुविधा नै कम हुने भएकाले जिल्लाका सबै सरोकारवाला पक्ष र यहाका सबै स्थानीय तहहरुले डाक्टरहरुलाई रोक्नको लागि केहि सेवा सुविधा थप गरिदिएमा नयाँ आउने डाक्टरहरुलाई लामो समयसम्म टिकाउन सकिने उहाँको भनाई छ ।
कुनै एउटा अस्पतालको कर्मचारी प्रमुखले मात्र चाहदैमा सबै समस्याको हल नहुने बताउदैं निमित्त मेसु डाक्टर लोकरत्ना ज्ञावालीले जिल्लाको नेतृत्व जव सम्म केहि गर्न तयार हुदैन तब सम्म केहि नहुने भएको हुनाले अब रोल्पा जिल्लाको स्वास्थ्य क्षेत्रमा केहि गर्ने हो भने यहाको नेतृत्व अगाडी लाग्ने समय आएको समेत बताउनु भएको छ ।
२०६१ सालमा स्थापित १५ शैयाको अस्पतालमा अहिले २५ शैयाको सेवा प्रवाह भइरहेको छ । २० वर्ष अघि १५ शैयाका लागि स्वीकृत दरबन्दीले नै सेवा दिनुपर्ने बाध्यता छ । अस्पतालमा नवौं तहको मेडिकल सुपरिटेन्डेन्को दरबन्दी भए पनि लामो समयदेखि आठौ तहको निमित्तकै भरमा अस्पतालको सेवा सञ्चालन भइरहेको हो ।
रोल्पा अस्पताल रेउघामा सेवा लिन रोल्पा तथा रुकुम पश्चिम, रुकुम पूर्वका साथै प्युठान बाट बिरामी आउने गरेका छन् । दुई दशक अघि १५ शैया बाट सेवा सुरु गरेको रोल्पा अस्पतालमा बिरामीको चाँप बढ्दै जाँदा अहिले २५ शैयाको बेड सञ्चालन गरिरहेको अस्पताल प्रसासनले जानकारी दिएको छ । अहिले नँया बनेको भवन बाट सेवा सञ्चालन गर्न सकेमा बिशेषज्ञ सेवा सहितको ५० शैयाको अस्पताल सञ्चालनमा आउने छ ।