रोल्पाको गुम्चालको थाम लेकमा रहेको पुनःनिर्मित शिव मन्दिर भोलि उद्धाटन हुदै

लुङग्री गाउँपालिका ६ गुम्चालको थाम लेकमा पुनःनिर्मित भएको शिव मन्दिर उद्धातनको सम्पूर्ण तयारी पुराभएको छ । भोलि भाद्र ६ गते बुधबारका दिन बिहान ११ बजे लुङग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाले उद्धाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका प्रवक्ता तथा ६ नं वडा गुम्चालका अध्यक्ष जोखबहादुर बुढाथोकी बिबेकले जानकारी दिनुभयो ।

विस २०१३ सालमा निर्माण भएको मन्दिर पुनःनिर्मित गरिएको अध्यक्ष बुढाथोकीले बताउनु भयो । थाम शिव मन्दिरमा भदौ पूर्णिमामाको दिन भव्य मेलाका साथ उक्त मन्दिरमा शिव देवताको पुजापाठ गरिन्छ ।

मन्दिर पुनर्निर्माणको लागि लुङग्री गाउँपालिकाबाट १० लाख ६ नं वडा गुम्चाल वडा कार्यालयबाट ५ लाख स्थानिय जनश्रमदान १४ लाख ८५ हजार बिभिन्न सहयोगीदाताहरु बाट १८ लाख बाँकी मन्दिरको ऋण ९ लाख ६७ हजारको लागतमा मन्दिर पुनःनिर्मित गरिएको वडा अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो।

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस