काठमाडौ बाट बाग्लुङ जाँदै गरेको बस धादिङको छहरानजिकै त्रिशुलीमा खस्यो

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस