नेपाल प्रेस युनियन रुकुम पूर्वको अध्यक्षमा विसी निर्वाचित

नेपाल प्रेस युनियन रुकुम पुर्व शाखा अध्यक्षमा चेतकुमार विसी निर्वाचित हुनु भएको छ । शनिबार सदरमुकाम रुकुमकोट स्थित होटेल लेक सिटिमा भएको प्रथम जिल्ला अधिवेशन बाट विसी सर्वसहमत अध्यक्षमा निर्वाचित हुनु भएको बताइएको छ । प्रथम जिल्ला अधिवेशनबाट उपाध्यक्षमा बसम मल्ल र पुजा बुढाथोकी चयन हुनुभएको छ ।

यस्तै सचिवमा प्रभा बस्नेत छनोट हुँदा सहसचिबमा उषा थापा र कोषाध्यक्ष सामना बुढाथोकी छनोट हुनु भएको प्रेस युनियन रुकुम पुर्वले जनाएको छ । नेपाल प्रेस युनियन रुकुम पुर्बको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनबाट १३ सदस्य जिल्ला कार्य समिति छनोट गरिएको नव निर्वाचित अध्यक्ष विसीले बताउनु भयो ।

उहाँका अनुसार सदस्यहरुमा दिलीप चन्द, कृतिमा बिसी, अनु हमाल, प्रमिला बिक, शिव बुढाथोकी, सूचना बुढा र लिङकल गौतम निर्वाचित हुनुभएको छ । सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएको नर्बनिर्बाचित अध्यक्ष बिसीले बताउनु भयो । रुकुम पुर्व छुट्टै जिल्ला घोषणा भएको लामो समय पछि प्रेस युनियन गठन भएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस