बिद्युत प्राधिकरण रोल्पाले ३८ औं वार्षिकोत्सव मनायो

बिद्युत प्राधिकरण रोल्पाले ३८ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको रोल्पा विद्युत प्राधिकरण रोल्पाका कार्यालय प्रमुख अशेश्वर शाह ले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।

वार्षिकोत्सवको अवसरमा विद्युत प्राधिकरणका कर्मचारीहरु विच हिजो र आज व्याडमिन्टन प्रतियोगिता भएको थियो । भाद्र १ गते कुर्सि दौड प्रतियोगिता, घैटा फोड प्रतियोगिता भएको बताइएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा व्यटमिन्टन संघ रोल्पाका महासचिव हेमन्त खत्री, रोल्पा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टंक गिरी, लुम्बिनी प्रदेश भलिवल संघका कोषध्यक्ष बिरबहादुर कवरको उपस्थित रहेको थियो । विशिष्ट अतिथिको हातबाट बिजेता खेलाडी कर्मचारीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

प्रधिकरणले वार्षिकोत्सवको अवसरमा बिगतका केही दिन देखी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । त्यसैक्रममा प्रधिकरणका कर्माचारीहरुले श्रावण २५ गते रेडक्रस रोल्पालाई रक्तदान गरेको प्रमुख अशेस्वर शाहले बताउनुभयो ।

कार्यक्रममा बिद्युत प्राधिकरण रोल्पाका कार्मचारीहरु, रोल्पा प्राधिकरणका शाखा सुलिचौरका कर्मचारी, होलेरीका कर्मचारीको पनि सहभागी रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस