जिल्लामा हुने सडक अवरोध हटाउने तथा सडक दुर्घटना न्युनिकरण सम्बन्धी जिल्ला स्तरीय समन्वय समितिको वैठक बिहिबार जिल्ला प्रसासन कार्यालय रोल्पामा सम्पन्न भएको छ । बैठकमा सहभागिहरुले रोल्पा जिल्लाको यातायात क्षेत्रलाई थप व्यबस्थित र प्रभाबकारी बनाउनको लागी सबैले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताएका छन् । यातायात व्यवस्थापन गर्नको लागी हामिले प्रहरी प्रसासनको मात्र मुख तोकेर बस्ने हो भने त्यो सम्भब नहुने र प्रहरी प्रसासनले मात्रै चाहदैमा सबै कुरा संभब पनि नहुने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा भएको बैठकमा विभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ । वैठकबाट रोल्पा जिल्लामा हुने सडक दुर्घटना न्युनिकरण तथा यातायातत व्यवस्थापन सम्बन्धि केहि महत्वपुर्ण निर्णयहरु भएको बताइएको छ । बैठक बाट सार्वजनिक सवारी साधनहरुको दुर्घटनाको प्रमुख कारण मध्य सवारी साधनको छटमा यात्रु राख्ने तथा सिटमा क्षमता भन्दा बढी यात्रु तथा सामग्री बोक्ने कार्यलाई निरुत्साहित गर्न सोको अनुगमन ट्राफिक प्रहरीका साथसाथै सम्बन्धित यातायात प्रा.लि हरुले समेत समय–समयमा गर्न,
ठूला यात्रुवाहक सार्वजनिक सवारी साधनहरुको दुर्घटनाको कारण यात्रु पाउन प्रतिस्पर्धा गरी तीब्र गतिमा गाडी चलाउने देखिएकोमा एउटै रुटमा चल्ने सवारी साधनहरु कम्तिमा पनि १–१ घण्टाको फरकमा छोड्ने व्यवस्था गर्ने । साथै सवारी साधनको यान्त्रिक जाँच अनिवार्य रुपमा गर्ने सवारी छुट्ने बिन्दुमा सवारी छुट्नु पहिले चेकजाँच गर्ने व्यवस्था सबै सम्बन्धित यातायात प्रा.लि. हरुले मिलाउने निर्णय गरिएको छ । यात्रुवाहक साना सवारी साधनहरु जीपका छट/हुडमा यात्रुहरु राखी चलाउन नदिने, सम्बन्धित यातायात प्रा.लि.हरुले त्यस्ता सवारी साधनहरुको छटहुड तत्काल हटाउन निर्देशन गर्ने,
सबै यात्रुवाहक सवारी साधनमा सबैले देख्ने गरी तोकिएको भाडादर तास्ने साथै सबैले देख्ने ठाउँहरु समेत यातायात प्रा.लि.ले आ–आफ्नो सवारी साधनमा टाँस गर्ने, डस्टविन राख्ने, आरक्षण सिटको व्यवस्था साथै अनिवार्य टिकटको व्यवस्था र अनिवार्य रुपमा बसपार्कबाट छुट्नु पर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्ने, तीन पांग्रे अटोेहरुले सम्बन्धित पालिकाहरुले निर्धारण गरेको निर्धारित रुट बाहेकका सडकमा अटो संचालन गर्न नपाइने ।
अब सवारी चालक तथा सह–चालकहरुको लागि ड्ेस सम्बन्धित यातायात प्रा.लिले व्यवस्था गरी अनिवार्य रुपले लगाउनु पर्ने छ । त्यसको लागी भदौ महिना भित्र आवश्यक तयारी गरी असोज १ गतेबाट पुर्णरुपमा कार्यान्वयन गर्ने, त्यस्तै चालक तथा सह–चालकहरुलाई ट्राफिक नियम तथा दुर्घटनाका कारणहरुबारेमा यातायात प्रा.लि. तथा ट्राफिक प्रहरीले प्रत्येक महिनाको ७ गते कक्षा संचालन गर्ने र सोको अभिलेख समेत राख्ने लगाएतका महत्वपुर्ण निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभएको छ ।
त्यसका साथै रोल्पा जिल्लामा सञ्चालित यातायातहरुलाई टाईम कार्डको प्रयोगको लागि टाईम निर्धारण गर्न, सवारी छुट्ने समय र सवारी पुग्ने समय निर्धारण गर्नका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक देबिराम भण्डारीको नेतृत्वमा ६ सदस्य एक समिती समेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भएको छ ।
समितीको सदस्यहरुमा जिल्ला प्रसासन कार्यालय रोल्पाका कम्प्युटर अप्रेटर नन्दलाल कवंर, रोल्पा जलजला यातायात प्रालीका इन्चार्ज यज्ञश्वर आचार्य, नेपाल पत्रकार महासंघ रोेल्पाका अध्यक्ष नबिनलोचन मगर, हिमताल यातायात प्रालीका अध्यक्ष सफल बुढा र सदस्य सचिवको रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका इन्चार्ज प्रहरी सहायक निरिक्षक दिलबहादुर शाही रहेको बताइएको छ ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस रोल्पाका सभापती किशोर आचार्य, नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका नगर अध्यक्ष फविन्द्र आचार्य, बटुकदल गण रोल्पाका प्रमुख सेनानी बिके सिंह विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक श्याम कुमार शारु मगर, सशस्त्र प्रहरी बल रोल्पाका सहायक प्रहरी नायब उपरीक्षक विष्णु दत्त अवस्थी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रोल्पाका प्रमुख अनुसन्धान अधिकृत कुशल थापा मगर, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षकहरु प्रकाश भुषाल र देबिराम भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी सहायक निरीक्षक दिल बहादुर साही, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, रोल्पा जलजला यातायात प्राली रोल्पाका बरिष्ठ उपाध्यक्ष शंकर बिष्ट, रोल्पा जलजला यातायात प्रालीका इन्चार्ज यज्ञश्वर आचार्य, जलजला हिमाल यातायात प्राली रोल्पाका इन्चार्ज प्रकाश केसि, हिमताल यातायात प्रालीका अध्यक्ष सफल बुढा, उद्योग वाणिज्य संघ रोल्पाका प्रतिनिधि बिषेश जिसी, कान्तिपुर राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार काशिराम डाँगी, अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार खेम बुढा, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी हवल्दार नवीन भण्डारी, लगाउत जिल्लामा सञ्चालित यातायात व्यवसाय समितिका प्रमुख प्रतिनिधि लगाएतको वैठकमा सहभागिता रहेको थियो ।