रोल्पाको गुम्चालसहित ५जिल्लाका विभिन्न क्षेत्रमा फोरजी सेवा सुरु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयका अनुसार रोल्पाको गुम्चाल, प्युठानको जुम्रीकाडा, रुकुम पश्चिमको खारा, सल्यानको रिम र जाजरकोटको घुरमा रहेका नेपाल टेलिकमका टावरहरूमार्फत आजदेखि १८०० ब्याण्डको फोरजी सेवा आरम्भ गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रेस विज्ञ नरेन्द्र केसीका अनुसार यसघि ८०० ब्याण्डको फोरजी सञ्चालनमा रहेकाले यी क्षेत्रका सबै ठाउँ र सबै मोबाइल सेटमा फोरजी चल्ने अवस्था थिएन ।
अब १८०० ब्याण्डबाट आउने इन्टरनेट सेवा सुरु भएको हो । केही समयअघि दाङको छिल्लीकोट टावरबाट १८०० ब्याण्डमा फोरजी सेवा सन्चालन गरिएको थियो ।
प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार