बिना कारण पाँच जना कर्मचारी हटाएको भन्दै नेपाली कांग्रेस लुंग्री गाउँपालिका रोल्पाले बुझायो ध्यानाकर्षण पत्र

लुंग्री गाउँपालिकाले बिना कारण पाँच जना कर्मचारीहरु लाई हटाएको भन्दै, नेपाली कांग्रेस लुंग्री गाउँपालिकाले ध्यानाकर्ष पत्र बुझाएको छ । केहि कर्मचारिहरुले पाउँदै आएको तलवमा समेत कटौति गरेको भन्दै नेपाली कांग्रेस लुंग्री गाँउपालिले गाँउपालिका अध्यक्ष भरत कुमार थापालाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

उद्यम विकाश सहजकर्ता धनमला गुरुङ र जानकी माझी, स्वास्थ्यको स्मृति केसी र बेगमबहादुर रोका पोषणका डोरबहादुर खड्कालाई गाउँपालिकाले हटाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । उनिहरुले उक्त निर्णय तत्काल हेरफेर गर्न समेत ध्यानाकर्षण पत्र मार्फत आग्रह गरेका छन् ।

श्रावण २१ गतेको कार्यपालिकाको बैठकको निर्णयमा नियोजित तरिकाले हटाएको भन्दै आफूहरुले पहिलो चरणमा उक्त निर्णय तत्काल सच्याउनको लागि गाँउपालिका अध्यक्ष थापालाई ध्यानाकर्षण पत्र मार्फत जानकारी गराएको नेपाली कांग्रेस लुंग्री गाउँपालिकाका सभापति जनक खड्काले जानकारी दिनुभयो ।

आफुहरुले असहमति जनाएको निर्णयमा गाँउपालिकाले २०८० भाद्र १ गते सम्म नसच्याय उक्त निर्णय विरुद्ध चरणबद्धरुपमा आन्दोलनको घोषणा गर्ने समेत चेतावनी दिएका छन् । राजनितिक पुर्बाआग्रह साँधेर कर्मचारीहरु हटाएको र केहि कर्मचारीहरुले पाँउदै आएको सेवा सुबिधालाई पनि कटौती गरि दिएको तर कुनै शाखामा आवश्यकता भन्दा पनि बढी कर्मचारीहरु राखेको समेत गाँउपालिकालाई आरोप लगाइएको छ ।

उता लुंग्री गाँउपालिका अध्यक्ष भरतकुमार थापाले आफुलाई ध्यानाकर्षण पत्र बुझाएको कुरा साचो भएको भन्दै बजेट अभावका कारण आफुहरुले कर्मचारी ब्यवस्थापन गर्नु परेको बताउनु भएको छ । त्यो आफुहरुको बाध्यता भएको अध्यक्ष थापाले बताउनु भएको छ । बजेट न्यून भएको र ति कर्मचारीहरुको कार्यसम्पादन सन्तोष जनक नभएकाले कार्यपालिकाबाट यस्तो निणर्य गर्नु परेको अध्यक्ष थापाको भनाई छ ।

आफु कँहा आएको ध्यानाकर्षण पत्रलाई लिएर यस बारे थप छलफल गर्नको लागि साउन ३२ गते कार्यपालिकाको बैठक आह्वान गरि सकेको पनि अध्यक्षले जानकारी दिनु भएको छ । त्यस पछि मात्र यस बारे गाँउपालिले आधिकारी धारणा सार्बजनिक गर्ने अध्यक्षले जानकारी दिनु भएको छ । यदि पछि पुनः बजेट सुनिश्चितता भएमा अहिले हटाएका कर्मचारीलाई पर्नबाहली गर्न सकिने समेत अध्यक्षले प्रतिकृया दिनु भएको छ ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस