परिवर्तन गाउँपालिकाले गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्स रे सेवा सञ्चालन गरेको छ ।
गाउँपालिकाका सबै वडाहरुमा लागुहुने गरि गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्स रे सेवा संचालन गरेको एक सुचना जारी गर्दै गाउँपालिकाबासीलाई जानकारी गराएको छ ।
आर्थिक बर्ष २०८०÷८१ को नियमित मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुको लागि ग्रामिण अल्ट्रासाउन कार्यक्रम, सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम जि एमले जानकारी दिनुभएको छ ।
हरेक महिनाको पहिलो आइतबार स्वास्थ्य चौकी कुरेली, महिनाको पहिलो सोमबार सामुदायिक स्वास्थ्य इकाई बागमारा, महिलाको पहिलो मंगलबार स्वास्थ्य चौकी राङकोटमा सञ्चालन हुनेछ । त्यस्तै महिनाको पहिलो बुधबार स्वास्थ्य चौकी पाछाबाङ, महिनाको पहिलो बिहिबार आधारभुत स्वास्थ्य सेवा केन्द्र नाफे र महिनाको पहिलो शुक्रबार स्वास्थ्य चौकी राङ्सीमा सञ्चालन हुने बताइएको छ ।
त्यस्तै परिवर्तन गाउँपालिकाका वडा स्वास्थ्य संस्थामा सेवा लिन छुट भएका र गर्भ सम्बन्धि कुनै असामान्य अवस्था देखिएमा जुनसुकै हप्ताको प्रत्येक शुक्रवार गाउँपालिकाको केन्द्र पुतलाचौरबाट यो सेवा निरन्तर पाउन सकिने परिवर्तन गाउँपालिकाले जनाएको छ ।