अबरुद्ध रुइनिबाङ, किलाचौर, पाङ सडक गाँउपालिका अध्यक्ष थापाको प्रयासमा खुल्यो

अबरुद्ध भएको रुइनिबाङ, किलाचौर, पाङ सडक लुङ्ग्री गाँउपालिका अध्यक्ष भरतकुमार थापाको पहल र प्रयासमा खुलेको छ । अबिरल बर्षाद सँगै अबरुद्ध भएको सडग खोल्न लुङग्री गाँउपालिका अध्यक्ष भरत कुमार थापा आफै निमार्ण सामाग्रीहरु लिएर फिल्डमा पुग्नु भएको थियो ।

केहि दिन देखि लगातार परेको अबिरल बर्षादकोले गर्दा सुनिलस्मृती गाँउपालिका रुइनिबाङ देखि लुङ्ग्री गाँउपालिका केन्द्र किलाचौर पाङ जोड्ने सडक पहिरोको कारण ठाँउ ठाँउमा सडक अबरुद्ध भए सडक खोल्न अबरुद्ध भए पछि सडक खोल्न गाँउपालिका अध्यक्ष भरत कुमार थापा आफै वडा न. ५ का वडा अध्यक्ष रिखबहादुर रोका, अस्थायी प्रहरी पोष्ट इन्चार्ज खगेश्वर श्रेष्ट, बराक्षेत्र माबि बडाचौरका शिक्षक अभिभाबक संघका अध्यक्ष महेन्द्र कुमार गुरुङ, लगाएत केहि स्थानिय युवाहरु गाडी धनि चालक लाई लिएर अबरुद्ध भएको सडक खुलाउन पुगेको बताइएको छ ।

अबरुद्ध सडक खुलाउनको लागी गाँउपालिका अध्यक्ष थापा घन, बेल्चा, गैटी, कोदालो, सप्पल, छिनी आदि निमार्ण सामग्रीहरु लिएर पुगेको गाँउपालिका श्रोतले बताएको छ । गाँउपालिका अध्यक्ष भरत कुमार थापाको सक्रियता पछि अबरुद्ध रुनिबाङ, किलाचौर, पाङ सडक पुनः सञ्चालनमा आएको रेडियो मालश्रीलाई र मालश्री खबरलाई लुङ्ग्री गाँउपालिका रोजगार शाखा संयोजक सुन्दर घर्तिले जानकारी दिनु भएको छ । अबरुद्ध सडक पुनःसञ्चालनमा आए सँगै उक्त बाटो भएर आवत जावत गर्ने सवारी साधन र स्थानिय नागरिकहरुलाई सजिलो भएको बताइएको छ ।

 

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस