
नेपाल शिक्षक महासंघ रोल्पाले जिल्लाको १० वटै स्थानिय पालिकाहरुमा धर्ना कार्यक्रम गरेको छ । उनिहरुले सोहि अवसरमा रोल्पा जिल्लाका सम्पुर्ण पालिकाहरुमा ज्ञापन पत्र समेत बुझाएका छन्
नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको विरोधको कार्यक्रम अनुसार धर्ना तथा ज्ञापन पत्र बुझाएको नेपाल शिक्षक महासंघ रोल्पाका सचिव नरबहादुर सेनले जानकारी दिनु भएको छ । सरकारले लिन लागेको शिक्षा ऐनको विरुद्धमा देशभरका शिक्षकहरु आन्दोलित भएका छन । स्थायी, अस्थायी, राहत, बालविकाश केन्द्रका सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारी र कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुले आन्दोलन गरिरहेका छन् ।
जिल्लाको रोल्पा नगरपालिका, रुन्टीगढी गाँउपालिका, माडि गाँउपालिका, परिवर्तन, गाँउपालिका, गंगादेव गाँउपालिका, त्रिवेणि गाँउपालिका, थबाङ गाँउपालिका, लुंग्री गाँउपालिका, सुनिलस्मृति गाँउपालिका र सुनछहरी गाँउपालिकामा धर्ना कार्यक्रम सकेर ज्ञापन पत्र बुझाएका हुन ।
शिक्षासंग सम्वन्धित सरोकारवालासंग छलफल नै नगरि शिक्षकहरुको हक र हित बिपरित ऐन लिन लागेको, ए्ेनमा समावेस भएका बुदाहरुमा शिक्षक महासंघसंग सम्झौता गरेको ३१ र ५१ बुदे मागहरु समावेश नभएको भन्दै उनिहरु आन्दोलित भएका हुन ।
उनिहरुले विभिन्न मागहरु राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन । शिक्षक महासंघले श्रावन ३० गते शिक्षा विकाश तथा समन्वय इकाइ रोल्पामा धर्ना दिने, भान्द्र १ गते प्रदेशमा धर्ना कार्यक्रम गरि विरोध गर्ने शिक्षक महासंघ रोल्पाले जानकारी दिएको छ ।