रोल्पा नगरपालिकामा मतिलाको मान्द्रो बिक्यो, खुसि हुँदै उनी घर फर्किए

केहि समय अगाडी बजारमा तिन दिन सम्म डुलाउदा पनि विक्रि नभएको मोतिलालको मान्द्रोको आज भोली माग बढ्न थालेको छ । उनले बजारमा बिक्रि गर्नका लागि लिएको मान्द्रो नबिकेको अवस्थामा रेडियो मालश्रीको टिमले उनलाई भेटेर उनको अडियो तथा भिडियो सामाग्री प्रशारण प्रकाशन गरेको थियो ।

श्रावण २५ गते विहान ८ बजेको समयमा शिरमा कालो टोपी, डोरीले टाउकोमा मान्द्रो बोकेका, एक हातमा मान्द्रो र बर्षाती (पानी पर्दा ओढ्ने प्लाष्टिक) समाएका, अर्को हातमा टेक्ने साहारा लौरो समाएका मतिलाललाई रेडियो मालश्रीको टिमले भेटेको थियो ।

रोल्पा नगरापलिका १० धबाङका ६६ वर्षिय मतिलाल तिरुवा सुनार संग हामीले करिव १५ मिनेट कुराकानी गरेका थियौ । घरमा श्रीमान र श्रीमाति मात्र बस्ते मतिलाल दम्पतीको ६ वटा सन्तान भए, तर ६ सन्तान मध्य एउटी छोरी मात्र बाचिन् । उनको पनि विहे भइसकेको छ । अहिले मतिलाका दम्पती मात्र घरमा बस्दै आएका छन् । उनले थपे श्रीमती माइत गएकी थि, घरमा ताल्चा लगाएर आएको छु , मतिललाको दैनिकी चलाउने पेशा नै मान्द्रो बुन्ने रहेको छ ।

यउटा मान्द्रो बनाउन करिब १० दिन लाग्ने मेहनत धेरै गर्नु पर्ने भए पनि मान्द्रोले बजार नपाए पछि उनि निरास हुँदै घर फर्किएका थिए । बजारका सबै गल्ली र चोकमा डुलीसके, तर मान्द्रो अझै विक्रि भएन । एउटा मान्द्रो विक्रि नहुदा तीन दिन सम्म उनी सदरमुकामै ग्राहक खोजेर हिडिरहेको दुखेसो उनले पोखेका थिए । उनको दुखेसो सामाजिक संजाल र रेडियोमा सुने पछि मान्द्रो किन्नका लागि सम्पर्क गर्नेहरुको संख्या बढेको छ ।

मतिलालको आर्थिक अवस्था, पारिवारीक अवस्था सुनेपछि आर्थिक सहयोग गर्नका लागि धेरैले सम्पर्क पनि गर्नु भएको छ । सबै भन्दा पहिलो अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले उनकाे मान्द्रो किनेर सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । समाजले प्रदान गरेको सहयोग लिन सदरमुकाम बोलाउदा मान्द्रो लियर आउन रेडियो मालश्रीले आग्रह गरेको थियो । सहयोग लिनका लागि मान्द्रो लियर बाटोमा आउदा धेरैले मान्द्रो किन्न खोजेका थिए तर उनिसंग एउटा मात्र मान्द्रो भएकाले नबेच्ने भनि हिडेका थिए ।

अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष दिलाराम वली, महासचिव शेरबहादुर डाँगी लगायत समाजको विशेष पहलमा अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय उपाध्यक्ष तथा साउदी शाखाका संरक्षक नरेन्द्र घर्ती, साउदी शाखा अध्यक्ष महेन्द्र पुन, साउदी शाखा उपाध्यक्ष चुनबहादुर बुढा र कोषाध्यक्ष धन झाँक्रीले सहयोग स्वरुप यउटा मान्द्रो लिएर रु १० हजार रहयोग गर्नु भएको छ ।

रोल्पा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मोतिलाल डाँगीको रोहबरमा अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका सल्लाहकार डीवी टुहुरोले सहयोग हस्तान्तरण गर्नु भएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष डाँगीले परम्परादेखि चल्दै आएको मान्द्रो बनाउने पेशालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार, प्रशार गरेकोमा धन्यवाद ब्यक्त गर्नु भएको छ ।

रोल्पा नगरपालिका वडा नं. १० धबाङका मोतिलालको मान्द्रोलाई पनि वजारी करण गर्नका लागि रेडियो मालश्रीले खेलेको भूमिका प्रति आह्वार ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै खालको सहयोगको अपेक्षा गर्नु भएको थियो भने मान्द्रो किनेर सहयोग गर्ने सहयोगिहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको छ ।

सेवा समाजका सल्लाहकार डीवी टुहुरोले ग्राणिन इलाकामा रहेको डोको, नाम्लो, मान्द्रो बनाउने पेशा हराउन थालेको बेलामा मोतिलालले यस पेशालाई निरन्तरता दिएकोमा धन्यवाद ब्यक्त गर्नु भएको छ । ६६ वर्षको उमेरमा पनि पुरानो पेशालाई निरन्तरता दिनुका साथै पुस्ता हस्तान्तरण गर्नु पनि आवश्यक रहेको उहाको भनाई थियो । मोतिलालको मान्द्रोले बजार नपाएको विषयमा रेडियो मालश्रीले विभिन्न माध्यमबाट प्रचार प्रसार गरि बजारीकरणमा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नु भएको छ । विदेशमा बसेर आफ्नो पसिना बगायर जम्मा गरेको सहयोग रकमको सदुपयोग गर्न पनि उहाले आग्रह गर्नु भएको छ ।

रेडियो मालश्रीका लोकेन्द्र चन्दले सहजिकरण गर्नु भएको कार्यक्रममा भू–तथा जलाधार ब्यवस्थापन कार्यालय रोल्पाका कार्यालय प्रमुख रोवर्ट महराले पनि यउटा मान्द्रो किनेर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ , भने परिवर्तन गाउँपालिका वडा नं. ३ का समाजसेवि एवं बुद्धिजिवि रणबहादुर चन्दले पनि यउटा मान्द्रो लिइदिन आग्रह गर्नु भएको छ ।

चोया जंगलमा खोजेर वा गाउँमा किनेर मान्द्रो बनाउने मोतिलालले आफ्नै बारी पनि भएको र अब त्यही बारीमा चोया लगाउने बताउनु भएको छ । पहिलेको तुलनामा आज बजार आउँदा पनि धेरैले मान्द्रोको खोजी गरेकाले खुसी ब्यक्त गर्नु भएको छ । घर फर्केर अझै धेरै मान्द्रो बनाउने मतिलालले बताउनु भएको छ ।

मान्द्रो बिक्री पछि अन्ततः मतिलाल खुशि हुदै भने अब आफ्नै बारीमा चोया रोप्छु अनि आफ्नै बारीको चोयाको मान्द्रो बुन्छु भन्दै उनेले आफुलाई सयोग गर्ने सबैलाई धन्याबाद दिदै घर फर्किए ।

 

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस