मानव कंकालको पहिचानको लागि सहयोग गर्न जिल्ला प्रहरी कार्यालय राेल्पाकाे आग्रह

रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ७ निसाना जंगलमा अपरिचित व्यक्तिको श्रावण २० गते भेटाइएको मानव कंकाल (अस्थिपञ्जर)को पहिचानको लागि जिल्ला प्रहरी कार्यालय रोल्पाले अनुरोध गरेको छ ।

बेवारिसे अवस्थामा भेटिएको मानव कंकाल (अस्थिपञ्जर)को हात, खप्पर र छातीको भाग फेला परेको थियो । घटनास्थलको अनुसन्धान पश्चात मुचुल्का गरी उक्त अस्थिपञ्जरको भागलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल रेउघा रोल्पामा श्रावण २२ गते ल्याईएकाे थियो ।

 

त्यहाँ भेटिएको मानव कंकालको बारेमा अनुसन्धान कार्य जारी रहेको र हाल सम्म केहि पनि पहिचान हुन नसकेकोले, घटनास्थल बाट प्राप्त कपडाहरुबाट सनाखत गर्नको लागि सहयोग पु¥याउनको लागि जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश भुसालले अनुरोध गर्नुभएको छ ।

मृतक व्यक्तिको पहिचान गरि सहयोग गरि नजिकको जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयमा खबर गरिदिनको लागि अनुरोध समेत गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस