रोल्पामा बस दुर्घटना हुदाँ एकै घरका श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका ४ का गोरख डाँगी र उनकी श्रीमती हस्ता डाँगी, परिवर्तन गाउँपालिका ३ का भक्तबहादुर बि.क र माडी गाउपालिका २ का प्रकाश बाँठा रहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनु भएको छ ।
दुर्घटनमा परी २ जना गम्भीर गाइते भएका छन् । अन्य १७ जनाको अवस्था सामन्य घाइते भएका छन् । घाइतेहरुको उपचारको लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिस्ठान घोराही लगिएको प्रजिअ घिमेरेले बताउनु भएको छ ।
मृतकको सब पोष्टमार्टमको लागि रोल्पा अस्पताल रेउघा ल्याइएको छ । चालकको लापरवाहीको कारणले गर्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको घटना स्थलमा पुग्नु भएका प्रजिअ घिमिरेले बताउनु भयो । चालक र सहचालक प्रहरीको नियन्त्रणमा छन् । उनीहरु पनि सामान्य घाईते भएका छन् । दुर्घटनामा परेकाहरुको उद्धार कार्य भने सकिएको छ ।
मंगलबार (आज) परिवर्तन गाउँपालिकाको बागमारा देखि दाङको घोराही तर्फ जादै गरेको ना ५ ख २६१२ नम्बरको बस सहिदमार्ग सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका ७ तिला नजिकै रिची भन्ने स्थानमा दुर्घटना भएको हो । बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।
बस के कारणले दुर्घटना भएको हो भनी छानबिन गर्नको लागि ३ सदस्यीय छानबिन समिति समेत गठन गरीएको प्रजिअ घिमिरेले बताउनु भयो ।