रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग अन्तर्गत तिला नजिक ऋचिमा सडक बाट करिव १०० मिटर तल खसेर दुर्घटना हुँदा अहिलेसम्म २ जनाको शव भेटिएको छ भने प्रहरीले उद्धारको काम गरिरहेको खबर प्राप्त भएको छ ।
उद्धारको लागि शसस्त्र प्रहरी, नेपाल प्रहरी र एम्बुलेन्सलाई घटनास्थल तर्फ पाठाइएको प्रमुख जिल्ला अधिकार परमानन्द घिमिरेले जानकारी दिनुभएको छ । बागमाराबाट १५ जना यात्रु लिएर हिडेको बसमा बाटोमा अन्य यात्रुहरु पनि थपिएको हुने सक्ने बताइएको छ ।
पछिल्लो जानकारी अनुसार ४ जनाको सब भेटिएको र सब पहिचान हुन बाकि रहेको छ भने १४ जना घाइते भएको समाचार प्राप्त भएको छ।
मिर्त्यु हुनेमा हस्ता डाँगी माडी ४ ,गोरख डाँगी माडी ४,भक्त ब.बिक परिवर्तन, प्रकाश बाँठा माडी २ रहेका छन्
थप विवरण आउन बाँकी ।
प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार