सुनिलस्मृति गाउँपालिकाको बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगतिको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । सुनिलस्मृति गाउँपालिकाको केन्द्र सुलिचौरमा श्रावण २२ गते सोमबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
सुनिलस्मृती गाउँपालिकाले सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ३० तथा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्बन्धी कार्यविधि, २०७९ बमोजिम गाउँपालिकाले बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको बताइएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा वार्षिक रुपमा सम्पन्न भएका विकास योजना, बिभिन्न कार्यक्रम र अन्य सेवा प्रवाह, लगाएत समग्र कार्यको बारेमा बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको सुनिलस्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापाले जानकारी दिनु भएको छ ।
सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा भएको सार्वजनिक कार्यक्रमको सहजीकरण रेडियो सभ्यता सुलिचौरका स्टेशन म्यानेजर गणेश केसीले गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा आ.ब. २०७९÷०८० को गाँउपालिका बाट विकास योजना, बिभिन्न कार्यक्रम अन्य सेवा प्रवाह आदिको वार्षिक प्रतिवेदन सुनिलस्मृति गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले प्रस्तुत गनुभएको थियो ।
सुनिलस्मृति गाउँपालिका भित्र रहेका विभिन्न ८ वटा वडामा पुगि संकलन गरीएको नागरिक प्रतिवेदन, निर्गम अभिमत र सुझाव प्रस्तुत गरीएको थियो । प्रस्तुत गरिएको संकलित नागरिक प्रतिवेदन, निर्गम अभिमत र सुझावमा नागरिकहरुले आफ्नो गाँउ टोलमा शिक्षा, स्वास्थ्य, सडक पुर्वाधार, खानेपानी, बिधुत, सञ्चार आदीको क्षेत्रमा आफुहरुले देखेको भोगेको बर्तमान समस्या दर्साएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रम र संकलित नागरिक प्रतिवेदन, निर्गम अभिमत र सार्वजनिक सुनुवाईमा आएका सुझावहरुमा गाँउपालिका अध्यक्ष मनिराम बुढाथोकि, उपाध्यक्ष मिना थापा, प्रमुख प्रसासकिय अधिकृत दिनेश पौडेल, वडा न. १ का वडा अध्यक्ष पवन कवर, वडा न. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरी, वडा न. ३ का वडा अध्यक्ष दृर्गा बहादुर बिष्ट, वडा न. ४ वडा अध्यक्ष ओबिलाल बस्नेत, वडा न.५ का वडा अध्यक्ष मणि थापा, वडा न.६ का वडा अध्यक्ष लोकेन्द्र बहादुर थापा, वडा न.७ का वडा अध्यक्ष रेशम रिजाल र वडा न. ८ का वडा अध्यक्ष धनराज रोकामगरले प्रशनकर्ता लाई प्रस्त पार्दै जवाफ दिएका थिए । त्यस्तै गाँउपालिकामा रहेका बिभिन्न शाखाहरु माथि उठेका प्रशनहरुको जवाफ स्वास्थ्य शाखा सहसंयोजक साबित्रा थापा, शिक्षा शाखा प्रमुख यादब केसि लगाएत सम्बन्धित शाखा प्रमुखले जवाफ दिएका थिए ।
बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, निबर्तमान अध्यक्ष महेश न्यौपाने, नेपाल बार एशोसिएसन रोल्पाका सचिव अधिबक्ता आकास गिरीले समेत स्थानिय सरकार प्रति नागरिकहरुले उठाएको प्रशन र दिएका सल्लाह सुझाबलाई स्थानिय सरकारले पहलकदमि गरेर सामाधान गर्नको लागी सुझाब दिएका थिए । सुशासनको क्षेत्रमा सुनिलस्मृती गाँउपालिका जिल्लामै पहिलो पालिका बनेको भन्दै पत्रकार र अधिबक्ताले सुनिलस्मृती गाँउपालिकाको खुलेर प्रसंसा समेत गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा, प्रमुख प्रसासकिय अधिकृत दिनेश पौडेल, गाँउपालिका भित्र रहेका ८ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सस्यहरु, बिभिन्न राजनैतिक दल र सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, बुद्धिजिबी, व्यापारी स्थानिय नागरिक, जिल्लामा क्रियाशिल विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।