माडी गाउँपालिका रोल्पाले स्वीकृत बिना सूचना तथा विज्ञापन छपाई तथा प्रशारणमा रोक लगायो

रोल्पाको माडी गाउँपालिकाले गाउँपालिकाको लिखित सम्झौता तथा पुर्व स्वीकृत बिना गाउँपालिकासँग सम्बन्धित सूचना, विज्ञापन, शुभकामना सन्देश, जनहितमा जारी सन्देश एवं अन्य बिषयहरु समेटिएको सूचनाहरुलाई प्रकाशन, छपाई तथा प्रशारणमा गर्नमा रोक लगाएको छ ।

गाउँपालिकाले श्रावण २२ गते (आज) एक सुचना सार्वजनिक गर्दै लिखित सम्झौता तथा पुर्व स्वीकृत बिना गरिएको छपाई तथा प्रशारण बापतको आर्थिक दायित्व बहन गर्न गाउँपालिका जिम्मेवार नहुने र त्यस्तो रकम भुक्तानी नगरिने माडी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद गौतम द्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस