पहिरोले लघु जलुविद्युतमा क्षति हुदा रोल्पाको पाछावाङ गाँउ भयो अन्धकार

श्रावण २१ गते परेको अबिरल बर्षादका कारण पहिरो जादा ठुलो खोला प्यलतिसेट लघुजलिविद्युत आयोजनामा पुर्ण रुपमा क्षति पु¥याउदा पाछावाङ गाँउ अन्धकार हुने भएको छ । पहिरोले २ सय मिटर पाईप मध्ये १ सय ५० मिटर पाई बगाएको छ । परीवर्तन गाँउपालिका वडा न. ४ पाछावाङमा पहिरो जादा लघु जलविद्युत आयोजनामा पुर्णरुपले क्षति पुगेको ठुलो खोला प्यलतिसेट लघु जलिविद्युत योजनाका अध्यक्ष चित्रबहादुर बुढाले जानकारी दिनु भएको छ । पहिरोको कारण प्यलतिसेटमा करिब ४९ लाख बराबरको क्षति पु¥याएको बुढाले बताउनु भयो ।

लघु जलविद्युतको प्यलतिसेटमा क्षति पुग्दा परिर्बतन गाँउपालिका वडा न. ४ पाछावाङका १ सय ८ घर धुरी उज्यालोबाट बञ्चित भएका छन् । स्थानिय स्तर बाट तुरुन्तै क्षती भएको लघु जलविद्युतलाई मर्मत गर्न नसकिने भएपछि स्थानियहरु बत्ती बाल्न बाट बञ्चित हुने भएका हुन् । लघुजलिविद्युत आयोजनामा क्षती भए पछि स्थानीयलाई अब बट्टी बाल्नको लागी मात्र समस्या नभई मोबाइल फोन चार्ज गर्न कम्प्यूटर चलाउन र अन्य बिधुतिय सामाग्रीहरु प्रयोग गर्न बाट समेत बन्चित हुने भएका छन् । अब मोबाइल चार्ज गर्नकै लागी अर्को गाउँमा जानु पर्ने स्थानियलाई बाध्यता भएको छ ।

उक्त ठुलो खोला प्यलतिसेट लघुजलिविद्युत आयोजनामा २०६८ सालमा निर्माण भएको थियो । लघुजलविद्युत निर्माण भए पछि स्थानियबासी बिजुलीको पहुँचमा आएका थिए, तत्कालिन समयमा लघु जलविद्युत आयोजना निमार्ण गर्दा स्थानियको करीव १५ लाख र १२ लाख ३७ हजार गरीवी निवारण आयोजनाको अनुदान गरी जम्मा जम्मा २७ लाख ३७ हजार लगातमा आयोजना निर्माण भएको ठुलो खोला प्यलतिसेट लघुजलिविद्युत आयोजनाका अध्यक्ष चित्रबहादुर बुढाले जानकारी दिनु भएको छ ।

 

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस