
एकिकृत अखिल नेपाल शिक्षक संगठन रोल्पाका साधारण सदस्य गोपाल बहादुर केसीले एकिकृत अखिल नेपाल शिक्षक संगठनमा नरहने स्वघोषणा गर्नु भएको छ । श्रावण २१ गते आइतबार बाट एकिकृत अखिल नेपाल शिक्षक संगठनको साधारण सदस्य समेत नरहने गरि स्वघोषणा पत्र मार्फत संगठन छाडेको घोषणा गर्नु भएको छ । केसी नेपाल राष्टिय नमूना मावि थप प्राविधिक विद्यालय मौलाबोट राङकोट रोल्पाका प्रधानाध्यापक हुनुहुन्छ । केसिले संगठन छाडेको स्वघोषणा पत्र जारी गर्दै केसिले यस्तो बताउनु भएको हो ।
परिवर्तन गाँउपालिका वडा न ५ राङकोट साविक राङकोट गा.वि.स. वडा नं. ७ जैपा बॉजिकोट निवासी हुनुहुनछ । वाल्यकाल देखि, चेत पाउने भएदेखि नै कम्यूनिस्ट पार्टि मात्र मन मस्तिस्कमा राख्दै २०५४ श्रावन महिनामा नातेदार दाइ खडक बहादुर पुन (क.धुर्व) ले वाल संगठनमा संगठित भइ अध्यक्ष भएको, २०५८ मंसिरतिर जनता मावि बागमारामा अध्ययन गर्दै गर्दा अखिल नेपाल विद्यार्थी संगठन (क्रान्तिकारी) को मुल इकाईको अध्यक्ष, २०६४ असार तिर ने.क.पा माओवादिको पार्टि सदस्य, २०६४ असोज तिर अखिल नेपाल शिक्षक संगठन को जिल्ला सदस्य भएर एकिकृत अखिल नेपाल शिक्षक संगठन सम्म आइपुग्दा २०७९ फागुन सम्म निरन्तर रुपमा १६ वर्ष सम्म ने.क.पा माओवादी निकटको भातृ संगठन को शिक्षक संगठनमा जिल्ला सदस्यको रुपमा रहेर लामो समय सम्म आफ्नो जिम्मेवारी वहन गर्दै २०७९ को अधिवेशनवाट २०८० साल श्रावण २० गतेका दिन सम्म उक्त संगठनको साधारण सदस्य भएको जानकारी गराउनु भएको छ ।
“संघर्ष गर्दा गर्दा थकित भएर होला, चाहे संघर्ष नगरेर होला, संघर्ष गर्ने नचाहेर होला, कुनै दिन एकै घरका वावु छोरा, दाजु भाई, श्रीमान श्रीमती समेत अलग –अलग, एक्ला एक्लै समाजमा वसेर समाजमै मिलेर गरि खाएको हामीले देखेका छौं र त्यो मध्येका कुनै न कुनै रुपमा म र तपाईं हामी पनि हौं । मानिस सहजता हुँदा सम्म अस्तित्व, लाज घिन, इज्जत, मान, प्रतिष्ठा, ऋणधन आदि आदि कुरा मनमा खेलाउँछ र सोहि अनुसार व्यवहार गर्ने गर्दछ । जब जब सीमा नाघ्छ वा सीमा नाघ्ने अवस्था आउँछ त्यतिवेला सव चिज विर्सेर मानिस आफू बसेको घर तथा गाँउ वस्ती समेत छाड्न वाध्य हुन्छ, अनावश्यक ठाँउमा समय खेर फाल्न तयार हुन्न ।
हारिने डरले वा जोडी नभेटाएर उ जुध्न चाहन्न, त्यतिबेला दया माया मान प्रतिष्ठा केहिले काम गर्दैन र आफ्नो निर्णय गर्न वाध्य हुन्छ । सके आफ्नै योजनामा हिड्छ र हिडाल्छ नसके अरुका पछि हिड्छ वा विरक्त भएर ऐलानी भएर वस्दछ । त्यस्तै त्यस्तैको रुप गोपाल के.सी.को आजको यो अवस्था हो । तसर्थ २०५४ सालदेखिको हाल सम्मको सिकाइ र जिवन भोगाईलाई अंगालेर २०८० श्रावन सम्म आउँदा साँगठनिक नसल सुधारको यात्राको तयारिमा भएको हुँदा आजसम्म सहयोग गर्ने सांगठनिक फर्मेसनका आदरणीय मित्र तथा कम्रेडहरु प्रति हार्दिक आभार प्रकट गर्दै २०८० श्रावण २१ गते देखि म आवद्ध भएको संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनको साधारण सदस्य समेत नरहने गरि टाढा रहेको स्वघोषणा गर्दछु ।
म यस धर्तीमा आमाको कोखबाट जन्मदै गर्दा मानव र मानव भित्र कसैको छोरो, भतिजो,भान्ज, भदै, नाति, श्रीमान ज्वाइ हुँदै उमेर र गतिविधि बढ्दै वढाउदै जांदा विभिन्न जिम्मेवारीमा पुगेको भुलेको छैन तसर्थ मेरा गतिविधिका आधारमा प्राप्त जिम्मेवारी अस्थायी हुन । मेरा नातागोता, इस्ट मित्र, साथी भाइ मेरा स्थायी हुन् । अस्थायी रुपवाट प्राप्त कुरा भन्दा स्थायी कुरामा वढि विश्वास गर्दछु । चाहे २०७४ कार्तिक २१ गते विहान ११ वजे कसैले राजनितिक प्रतिसोतका आधारमा कार्यालयमा देखाएको बन्दुकको नाल तेर्सिदा हवस चाहे २०७७ जेष्ठमा कोरोनाको संक्रमणमा ओछ्यानमा थला परेको वेला मलाई त्यतिवेला पार्टि र संगठनले काम गरेको थिएन मलाई काम गरेको थियो केवल नातागोता, इस्टमित्र र साथी भाइ तसर्थ म साँगठनिक हिसावले म जहाँ भए पनि सहयोग लिने दिनेमा नातागोता, इस्टमित्र र साथी भाइको विचमा सदाबहार दोहोरो सम्बन्धमा रहने विश्वास दिलाउन चाहन्छु ।
म २६ वर्ष सम्मका दौडानमा आउदै गर्दा समाजमा भएका सबै राजनैतिक दलहरुले समेत कुनै भेदभाव नगरी मलाई हार्दिकताका साथ साथ सहयोग गर्नुभयो, यहाँहरुलाई हार्दिक धन्यवाद दिदै उक्त प्रकारको सुमधुर सम्बन्ध अझै आत्मीय हुनेमा विश्वास लिएको छु । सामाजिक काम गर्ने उर्जा एथावत रहेको समेत प्रतिबद्धता जाहेर गर्दछु ।” स्वघोषणा पत्रमा भनिएको छ ।