नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज रोल्पा नगरपालिका वडा न. ७ माडिचौ रोल्पाले अन्तरक्रिया तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । श्रावण २१ गते आईतबारका दिन नेबिसंघले उक्त कार्यक्रमको अयोजना गरेको बताएको छ । नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज माडिचौरमा अध्ययन गर्ने विद्यार्थीका पढाईका साथै नेबिसंघको संगठनलाई ससक्त ढंगले अगाडी बढाउन सकिन्छ भन्ने सवालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको बताइएको छ । नेपाल विदार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज माडिचौरका सभापति मातृका उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पाटी सभापती अमरसिंह पुन रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती पुनले विद्यार्थीको हक हितको लागि नेबिसंघ सधै अरुभन्दा एक कदम अगाडी हुनु पर्ने बताउनु भएको छ । विद्यार्थीहरुले यसरी कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै, सभापती पुनले राजनितीक सँगै पढाईलाई पनि उत्तिकै मेहनतका साथ अगाडी बढाउनको लागी सुझाब दिनु भएको छ । विद्यार्थीहरु संग अन्तरक्रिया गर्न पाउदा खुसी भएको भन्दै नेपाल विदार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज माडिचौरका विद्यार्थीहरु प्रति आभार समेत प्रकट गर्नुभएको छ ।
अन्तरक्रिया कार्यक्रमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य मोहनसिंह राठोर, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य टेकनारयण भुसाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालयका मुख्य सचिब मोहनराज शर्मा, नेपाली कांग्रेस रोल्पाका सभापती किशोरकुमार आचार्य, पाटीका जिल्ला सचिव शेरबहादुर थापा, पाटीका कोषाध्यक्ष बम बहादुर रोकामगर, नेपाल बिद्यार्थि संघ रोल्पाका अध्यक्ष योगेन्द्र अनुपम जिसी लगाएतको आतिथ्यता रहको नेपाल बिद्यार्थि संघ प्राकृती स्रोत व्यवस्थापन कलेज माडीचौर रोल्पाले जानकारी दिएको छ ।
कार्यक्रमममा नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज माडिचौरमा अध्यनरत बिद्यार्थिहरु लगाएत अन्य नेपाली कांगे्रसका नेता कार्यक्रताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन नेबि संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज माडिचौर, रोल्पाका सचिव निकल गौतमले गर्नुभएको थियो ।