सुनिलस्मृति गाउँपालिकामा राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्य सम्पन्न भएको छ । विवरण संकलनको लागि गाउँपालिकाले प्रत्येक वडामा अभियान सञ्चालन गरेको थियो । गाउँपालिकाले असार २० गते देखि श्रावन १४ गते (आईतवार) सम्म राष्ट्रिय परिचय पत्र विवरण संकलन अभियान संचालन गरेको थियो ।
गाउँपालिकाकाले वडा नम्बर १ घोडागाउँमा असार २० गते देखि श्रावन २ गते सम्म विवरण संकलन गरेको थियो । वडा नम्बर २ खुंग्रीमा असार २५ देखि श्रावन १४ सम्म, ३ नम्बर वडा मिझिङमा असार १९ देखि श्रावण ७ गते सम्म, वडा नम्बर ४ सूलिचौरमा असार २० गते देखि श्रावन १ गते सम्म, ५ नम्बर वडा काभ्रामा असार १८ देखि श्रावन २ गते सम्म विवरण संकलन गरेको थियो । त्यस्तै वडा नम्बर ६ गजुलमा असार २१ देखि श्रावन १ गते सम्म र वडा नम्बर ७ तेवाङ र वडा नम्बर ८ अरेशमा श्रवान ३ देखि १४ गते सम्म राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरेको थियो ।
गाउँपालिका भित्रका १६ वर्ष उमेर पुगेका र नेपाली नागरीकताको प्रमाण पत्र लिएका १० हजार ३ सय २५ जना नागरीकको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरीएको छ । उक्त संख्या सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ मा १ हजार २ सय ४० जना र वडा नम्बर २ मा १ हजार ५ सय २९ जना रहेकोे छ । त्यस्तै वडा नम्बर ३ मा १ हजार १ सय जना, ४ नम्बर वडामा १ हजार ४ सय ४३ जना, वडा नम्बर ५ मा १ हजार ८५ जना रहेको छ । त्यस्तै वडा नम्बर ६ मा उक्त संख्या १ हजार १ सय १८ जना, ७ नम्बर वडामा १ हजार २ सय ७३ र ८ नम्बर वडामा १ हजार ५ सय ३७ जना रहेको छ ।
गाउँपालिकाले राष्ट्रिय परिचय पत्र प्राप्त गर्न योग्य नागरीकलाई अभियान सञ्चालनको क्रममा नछुटेने गरी समावेश गरेको बताएको छ । यदि अभियान सञ्चालनको क्रममा नागरीक छुट भएमा भने अब जिल्ला प्रशासन कार्यालयमै गएर राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गराउनु पर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाबाट खटिएका कर्मचारी, सुनिलस्मृति गाउँपालिका भित्रका सबै वडाका वडा सचिव र गाउँपालिकाका अन्य कर्मचारीहरुबाट प्रत्येक वडामा राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्य गरीएको गाउँपालिकाले जानकारी दिएको छ ।
राष्ट्रिय परिचय पत्र नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचान सहितको बहुउपयोगी प्रमाणपत्र हो । १६ वर्ष उमेर पुरा भएको र नेपाली नागरीकताको प्रमाणपत्र लिएका व्यक्तिले राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्नेछन् ।