
रोल्पा गंगादेव गाउँपालिकाको ३ नम्बर वडाले जनयुद्दका सहिद तथा घाइते परिवारलाई सम्मान गरेको छ । १० बर्षे जनयुद्द तथा जनआन्दोलनका सहिद परिवार र घाइतेहरुलाई १३ गते बुधवार वडा कार्यकाल झाँक्री सल्लामा सम्मान गरेको हो ।
गंगादेव गाउँपालिका अन्तर्गत ३ नम्बर वडाका ७ जना सहिद र ५ जना घाईते तथा उहाँहरुको परिवारलाई सम्मान पत्र र दोसल्ला संगै एक-एक वटा कम्बलद्वारा सम्मान गरिएको छ । सहिद कुल बहादुर घर्ती, दुर्गा प्रसाद ओली, लक्ष्मी वली, खकेन्द्र वली, पूर्ण वहादुर वली, निल बहादुर वली र बल बहादुर खत्रीको परिवारहरु सम्मानित भएका हुन् भने घाइतेहरु तिलक राम वली ‘टाइगर’, प्रेम बहादुर वली ‘पवन’, गणेश घर्ति ‘निशान’, रमेश वली ‘रबिन’ र खल बहादुर वली सम्मान भएका हुन् ।
सहिद परिवार तथा घाइतेहरुले आफुहरुलाई वडाले सम्मान गरेकोमा खुसि व्यक्त गरेका थिए । जनयुद्दका सहिद तथा घाइतेहरु राज्यद्वारा उपेक्षा भैरहेको बेला वडाले सम्मान गरेर सहानुभूति प्रकट गरेको भन्दै खुसि व्यक्त गरेका हुन् ।
वडाध्यक्ष लोकमान वलीले सहिद परिवार तथा घाइतेहरुलाई अबिर, दोसल्ला र कम्बलद्वारा सम्मान गरेका हुन् भने कार्यक्रमलाई वडाध्यक्ष धन बहादुर वलीले सहजीकरण गरेका थिए ।