रोल्पा- रोल्पामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं ५ बुझिङ गाउँकि २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ। विषालु च्याउ खाएर बिरामी परेपछि उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए। बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्याइएको थियो। उनको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार