
होलेरी । राेल्पाको रून्टीगढी गाउँपालिकाकाे हाेलेरी बजारमा सीसी क्यामेरा जडान गरिएकाे छ । पछिल्लो समय बजार क्षेत्रमा सडक दुर्घटना तथा चोरीका घटनाहरु बढ्न थालेपछि रून्टीगढी गाउँपालिकाले सीसी क्यामेरा जडान गरेकाे हाे
सीसी क्यामेरा जडान गरिएपछि बिभिन्न घटनाहरुको पहिचान गर्न र बजार क्षेत्रलाई सुरक्षित राख्नका मदत पुग्ने उदेश्यले क्यामेरा जडान गरिएकाे गाउँपालिकाका अध्यक्ष जनक पुनले बताउनुभयाे ।
बजारका विभिन्न मुख्य भाग तथा मुख्य नाकाहरुमा सीसी क्यामेरा जडान गरिएको छ। अध्यक्ष पुनका अनुसार बजारको गाउँपालिका भवनदेखि भित्री बजार हुँदै जुर्नेटा डाँडासम्मका विभिन्न भागमा आठवटा क्यामेरा जडान गरिएकाे बताइएकाे छ ।
बजारको प्रायः सबै क्षेत्रलाई समेतने गरि सीसी क्यामेरा राखिएकाे अध्यक्ष पुनले बताउनुभयाे । सीसी क्यामेरा मोनिटर रेखदेख गर्न र सुरक्षाको जिम्मा इलाका प्रहरी कार्यालय होलेरीलाई दिइएको छ ।
बजार क्षेत्रमा सीसी क्यामेरा जडान भएसँगै स्थानीय प्रहरीलाई बजार क्षेत्रमा हुने सडक दुर्घटना र अन्य अपराधिक कार्यहरुको पहिचान गर्न सहज हुने इलाका प्रहरी कार्यालय होलेरीले बताएकाे छ।
गाउँपालिकाको ५ लाख रुपैयाँको बजेटमा बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको हाे ।