रोल्पाको त्रिवेणी गाउँपालिका–७ अँधेरीखोलामा माओवादी कार्यकर्ताहरूले घर बिदामा जाँदै गरेका प्रहरी हवल्दारमाथि आक्रमण गरेका छन् ।
प्यूठानबाट बुटवल सरूवाको रमना लिएर हिजो साँझ बिदामा घर जाँदै गरेका सोही वडाका प्रहरी हवल्दार रामबहादुर बाँठालाई सोही वडाका खिम बाबुराजा डीसी, चन्द्रज्योति डीसीलगायत माओवादी कार्यकर्ता समूहले आक्रमण गरेको पीडितको भनाइ छ ।
खिम र चन्द्रज्योति लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी निकट मानिन्छन् । झण्डै एक दर्जनको समूहले आक्रमण गर्दा पीडितको टाउको र शरीरमा चोट लागेको छ ।
घटनामा दार्बाेट प्रहरी चौकीका हवल्दारको पनि संलग्नता रहेको बताइएको छ । दार्बाेट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीको संलग्नता रहेको बताइएको छ ।
घटनाको योजना बनाउनेदेखि घटनास्थल नजिकै पुगेर आक्रमणकारीहरूलाई अटो रिक्सामा ओसारपसार गर्ने कार्यमा हवल्दार चौधरी सहभागी भएका हुन् । घटना पश्चात् चौधरीले पीडितलाई दार्बाेट चौकीमा राखेर मोबाइल र मोटरसाइकलको साँचो जफत गरिएको हो । उनलाई दुई घण्टासम्म चौकीमा थुनेर दुव्र्यवहार गरिएको पीडितको भनाइ छ ।
‘उहाँले मलाई उल्टै दोषी देखाउन जिल्ला प्रहरी कार्यालयमा गलत रिपोर्ट गर्नुभएको थियो,’ पीडितले भने, ‘तर अहिले चेक गर्दा उहाँले मादक पर्दार्थ सेवन गरेको देखियो मलाई देखिएन् ।’
ज्यान मार्ने उद्देश्यले आक्रमण भएकोले ज्यान मार्ने उद्योग अन्तर्गतकै जाहेरी दिने पीडितको भनाइ छ । पीडितले बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि तयारी भइरहेको बताएका छन् ।