
रोल्पामा एक किशोरी मृत अवस्थामा फेला परेकि छिन् । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ घर भएकी करिस्मा भनी चिनिने कृष्णी कामी मङगलबार बिहान ७ बजे लिबाङमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले रोल्पाले जानकारी दिएको छ ।
रोल्पा नगरपारिका ४ लिबाङमा रहेको घरेलु तथा साना उद्योगमा जेष्ठ २५ गते देखी सिपमुलक तालिम सिक्दै आएकी कृष्णी घेरेलु तथा साना उद्योगको परिसरमा बस्दै अएकोमा ७ बजेसम्म कोठाको ढोका नखोले पछी अरु कोठामा बस्ने तालिम सिक्न आएकाले बोलाउदा नबोले पछी ढोका खोलेर हेर्दा मृत भेटिएकी हुन् ।
नजिकै सर्प भेटिएकाले सर्पले टोकेर मृत्यु भएको हुन सक्ने अनुमान गरेको प्रहरी निरिक्षक थमन जि सी ले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार