भारतीय कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

काठमान्डौं,दाङको देउखुरीमा कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । सोमवार दिउँसो ३ः१५ बजेको समयमा लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको युके ०३ब्९४३३ नम्बरको भारतीय कारले पश्चिमबाट पुर्व जाँदै गरेको भे १० प २५२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बाँके जिल्ला चिसापानी १ बस्ने मोटरसाइकल चालक वर्ष ३६ का सुरेश पुन मगर गम्भीर घाइते भएका छन् ।

घाइते पुनको अनुहार र खुट्टामा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

घाइते मगरको विष्ट स्वास्थ्य पोलिक्लिनीकमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा पठाइएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस