काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादी पार्टी निकट अखिल क्रान्तिकारी नेपालकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध संघर्षमा उत्रिन अपिल गरेकी छन् । नेपाल आयल निगमले इन्धनको पुनःबढाएपछी न्यौपानेले संघर्षमा उत्रिन अपिल गरेकी हुन् ।
नेपाल आयल निगमले ईन्धनको मुल्य जेठ ८ गते राति १२ बजेदेखी लागु हुनेगरी बढाएको थियो ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैया बढेको छ ।
आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।
प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार