काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–३ स्थित विष्णुमती करिडोरबाट प्रहरीले दुर्लभ बन्यजन्तु कस्तुरीको विना सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका २९ वर्षीय आशिक तामाङ, धादिङ घर भएका ३५ वर्षका श्याम पाठक र ४० वर्षीय राजु थापा तथा काठमाडौं तारकेश्वर नगरपालिका घर भएका ३४ वर्षीय कृष्ण गुरागाईं छन् । कस्तुकरीको विना किनबेच हुन थालेको सुराक पाएपछि महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार